विराटनगर जेसिजको ५२ औं स्थापना दिवसमा नारी सम्मान

<span class='c1'>विराटनगर जेसिजको ५२ औं</span> <span class='c2'>स्थापना दिवसमा नारी सम्मान</span>

विराटनगर । विराटनगर जेसिजको ५२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । जेसिजले दिवस मनाउने क्रममा एक जना नारीलाई ‘नारी सम्मान’बाट सम्मानित गरेको छ ।

‘युवा नेतृत्व, व्यक्तित्व विकास र सक्षम युवा जनशक्ति उत्पादनसँगै सामाजिक कार्य’ भन्ने मूलनाराका साथ स्थापना दिवस मनाउने क्रममा उत्कृष्ट नारी सम्मानबाट प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियालाई सम्मान गरेको छ । सो अवसरमा रक्तदानसमेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष फुलकुमार लालवाणी, विराटनगर जेसिजका पूर्वअध्यक्ष श्यामसुन्दर पौडेल (मिलन), विराटनगर जेसिजका अध्यक्ष प्रितेशराज दाहाललगायतले शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्