नेपाल रेडियोलोजिष्ट एशोसिएसनको वार्षिक राष्ट्रिय सम्मेलन सम्पन्न

<span class='c1'>नेपाल रेडियोलोजिष्ट एशोसिएसनको वार्षिक</span> <span class='c2'>राष्ट्रिय सम्मेलन सम्पन्न</span>

विराटनगर ।नेपाल रेडियोलोजिष्ट एशोसिएसनको वार्षिक राष्ट्रिय सम्मेलन यस वर्ष विराटनगर र इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ। फाल्गुन २३ गतेदेखि २५ गतेसम्म आयोजित सम्मेलनमा नेपालभरी र अन्तर्राष्ट्रिय गरी करिब २०० चिकित्सकको सहभागिता रहेको थियो।

सम्मेलनको मुल समारोह समितिमा डा. मनोज भट्टराई अध्यक्ष र डा. मनिषराज पाठक सचिव रहनुभएको थियो। फाल्गुन २३ गते विराटनगरमा मुल सम्मेलनको पूर्वसन्ध्यामा भारतबाट आउनुभएका डा. विवेक काश्यपको नेतृत्वमा फिटल मेडिसिनमा एक दिने तालिम सम्पन्न भएको थियो। त्यसपछि फाल्गुन २४ र २५ गते इटहरीमा मुल सम्मेलन आयोजना गरिएको थियो।

सम्मेलनमा रेडियोलोजीको क्षेत्रमा ख्याती प्राप्त करिब १२ जना अन्तर्राष्ट्रिय स्तरका वक्ताहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए, साथै राष्ट्रिय वक्ताहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा अमेरिकाबाट आउनुभएका प्रा. डा. कार्लोस एस.मुख्य वक्ताको रूपमा रहनुभएको थियो।

सम्मेलनको उद्घाटन समारोह नेपाल रेडियोलोजिष्ट एशोसिएसन केन्द्रीय अध्यक्ष प्रा. डा. सरोज शर्माको सभापतित्वमा एवं डा. तिर्थ राज बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

यसै सम्मेलनबाट नेपाल रेडियोलोजिष्ट एशोसिएसन केन्द्रीय कार्यकारिणी समितिका लागि नयाँ नेतृत्व चयन समेत गरिएको छ। निर्वाचन प्रक्रिया सम्पन्न गर्न प्रा. डा. दान बहादुर कार्कीको संयोजकत्वमा डा. आयश्ना गुरुङ्ग र डा. सुमन लामिछाने सदस्य रहेको समिति गठन गरिएको थियो।

शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षमा डा. तेजेन्द्र कार्की, उपाध्यक्षमा डा. कृष्ण बुढाथोकी, महासचिवमा डा. सरोज केसी, सहसचिवमा डा. नवराज रानाभाट, कोषाध्यक्षमा डा. रोशना खड्का, सहकोषाध्यक्षमा डा. राजेन्द्र चौधरी र सदस्यहरूमा डा. निशान्त मिश्र, डा. सुस्मित काफ्ले र डा. अम्बिका पोखरेल निर्वाचित भएको नवनिर्वाचित सहकोषाध्यक्ष डा. राजेन्द्र चौधरीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्