विराटनगर । सजिलो यातायात प्रालीले विराटनगर-काठमाडौं रुटमा स्लिपर एसी सहितको सुविधायुक्त बस सेवा सुरु गरेको छ।
विगत १५ वर्षदेखि सञ्चालनमा रहेको सजिलो यातायात प्रालीले २ वटा स्लिपर एसी बस सञ्चालनमा ल्याएको हो। पछिल्लो समय विराटनगरबाट 'एयर सस्पेन्सन' सहितको सुतेर जाने बस काठमाडौंका लागि सुरु भएको छ।
यी बसहरुमा विराटनगरदेखि काठमाडौंसम्म ६ जनासम्म सुतेर यात्रा गर्न मिल्ने सुविधा रहेको छ। सजिलो स्लिपर बसमा पिउने पानीदेखि फर्स्ट एडका औषधीहरु पनि उपलब्ध छन्।
प्रालिका अनुसार बसमा यात्रुहरुलाई फ्रि वाईफाई, जिपिएस लोकेशन, तातो-चिसो एसी, मोबाइल चार्जिङ्ग र सिसी क्यामराद्वारा चालकदल तथा यात्रुहरुको यात्रा अवधिभर निगरानी गर्ने व्यवस्था रहेको छ।
विराटनगरदेखि काठमाडौं चल्ने ३१ सिटे बसमा ३१ जनाको लागि फोल्डिङ्ग सिट र ६ जना सुतेर यात्रा गर्न मिल्ने सुविधा रहेको प्रालिले जनाएको छ। सुतेर यात्रा गर्न मिल्ने सिटको भाडा दुई हजार रुपैयाँ र बसेर यात्रा गर्न मिल्ने सिटको भाडा एक हजार ८ सय निर्धारण गरिएको छ।
विराटनगरदेखि काठमाडौंसम्मको यात्रामा यात्रुहरुको माग अनुसार स्लिपर बस सञ्चालनमा ल्याएको संचालक रुद्र बहादुर कार्कीले बताए। वर्षपिच्छे नयाँ गाडी ल्याइरहेको सजिलो यातायातले यस वर्ष भने सुतेर जाने बस सञ्चालनमा ल्याएको छ।
यात्रुहरुले सुरक्षित तरिकाले यात्रा गरुन् भनेर अनुभवी चालकहरुको टिमले बस सञ्चालन गर्दै आएको सजिलो यातायातले जनाएको छ। विगत १५ वर्षदेखि यात्रुहरुको मन जित्दै सजिलो यातायातले निरन्तर सेवा दिँदै आएको छ।