विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सम्पन्न 'एक्सेस कुईन्स अफ द कोर्ट' थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि रेड डेभिल्स रेडले जितेको छ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना भएको कोशी प्रदेश स्तरीय यु-२३ महिला थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि रेड डेभिल्स रेडले जितेको हो।
लिग कम नकआउट चरणमा भएको खेलमा युवा जागृती ए दोस्रो भएको छ।
विराटनगरको एभरेष्ट कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशको मोरंग,सुनसरी र झापा जिल्लाबाट ९ टिमको सहभागीता रहेको कार्यक्रम संयोजक संक्षेप श्रेष्ठ जानकारी दिए ।
त्यसैगरी रेड डेभिल्स रेडकी नुमा लिम्बू उत्कृष्ट खेलाडी, विराटनगर बास्केटबल एकेडेमीकी समृद्धि उपाध्याय उदयमान खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडी निवा चेम्जोङ (यलम्बर) घोषित भईन।
प्रतियोगीताको विजेतालाई १५ हजार र दोस्रो हुने टिमलाई ७ हजार ५०० नगद पुरस्कार, ट्रफी,मेडल र प्रमाणपत्र नेपाल बास्केटबल संघका उपाध्यक्ष बिनायक पन्त, एक्सेस एजुकेसन विराटनगरका निर्देशक सरोज बस्नेत, मोरङ बास्केटबल संघका उपाध्यक्ष अनिल राई,कोशी प्रदेश बास्केटबल संघका सचिव एवम् विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्साल,एक्स्पर्ट एजुकेसनका निर्देशक अनुभव दाहाल लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए।