विजनेस आइडीया कन्टेसको उपाधि मेरील्याण्डको विद्यार्थीलाई

<span class='c1'>विजनेस आइडीया कन्टेसको</span> <span class='c2'>उपाधि मेरील्याण्डको विद्यार्थीलाई</span>

विराटनगर । विराटनगर –७ स्थीत मेरील्याण्ड कलेजका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय नारी दिवस अवसर पारेर राष्ट्रिय युवा उद्यमी फोरम (NYEF) विराटनगर च्याप्टरले शनिबार उद्योग संगठन मोरङमा आयोजित विजनेस आइडीया कन्टेसमा प्रथम स्थान हासिल गरेका हुन् ।

विश्वको आधा आकाश ढाकेका महिलाहरूमा भएको क्षमता उजागर गर्न र खास गरी विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्न विराटनगरका ब्याचलर तहका छात्राहरु मात्र सामेल गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा मेरील्याण्ड कलेजका विविएस तेस्रो वर्षका छात्राहरु सुमन झाखड, द्रक्षा प्रविन र भारती मण्डलको ग्रुपले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी बिआईसी कलेज दोस्रो भएको छ । बिआईसी कलेजका छात्राहरु साक्षी शाह, देविशा चौधरी, जोया इन्तेखाब, निबिस्का ढुंगाना, सिया बस्नेत रहेका थिए । उनीहरुले प्रथम पुरस्कार नगद २५ हजार र दोस्रो हुने टिमले नगद १० हजार , ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा प्यानल अफ महिला निणार्यकहरु मुन्ताना चकलेट कारखाना निर्देशक अंकिता गिरी, अर्किड फेमिली सलोन एकेडेमी निर्देशक रक्तिम जोशी प्याकुरेल, तनस्का बुटिक निर्देशक बिनिशा कट्टेल र भ्यालेन्टाइन बेकरी क्याफे निर्देशक दिना श्रेष्ठ रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्