विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘गर्ल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् ।
विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न भएको ‘गर्ल्स अन ह्विल’ को फस्ट रनअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेण्ड रनरअप रिंकी धनावत र स्वेता तोदी घोषित भएकी छिन् । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरेका थिए भने प्रतियोगिताको फस्ट रनअप र सेकेण्ड रनअपले क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर पाएक थिए ।
प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ६० वटा स्कुटरको सहभागि रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागिले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए ।
‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु रहेको थियो । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गरेका थिए । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगिहरुलाई नोबेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु रहेको थियो । कार्यक्रममा स्त्री ब्याण्डले सास्कृतिक कार्यक्रम र न्यूक्लियर डान्स क्लबले मनोरञ्जन प्रदान गरेका थिए ।