अप्पन ब्राह्मण समाज विराटनगरको अध्यक्षमा अमर कुमार झा

<span class='c1'>अप्पन ब्राह्मण समाज विराटनगरको</span> <span class='c2'>अध्यक्षमा अमर कुमार झा</span>

विराटनगर । अप्पन समाज ब्राह्मण विराटनगरको अध्यक्षमा पुनः अमर कुमार झा चयन भएका छन् ।

झाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ ।

विराटनगर-१३ स्थित सङ्कटमोचन हनुमान मन्दिरको सभा भवनमा आयोजित तेस्रो महाधिवेशन एवम् छैटौ साधारणसभामार्फत उपाध्यक्षमा मिथिलेश कुमार मिश्र र आशा झा, महासचिवमा सुजितकुमार चौधरी, सह-सचिवमा सरोजकुमार मिश्र र कोषाध्यक्षमा डा.भविष्य कुमार मिश्र चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा क्रमशः रविन्द्रनाथ मिश्र, नन्दलाल झा, इन्दिरा देवी, सुनिताकुमारी झा, सुमितकुमार झा, राजेश मिश्र र श्यामानन्द मिश्र छन् । उक्त महाधिवेशनको निर्वाचनको प्रमुखमा डा एनएन झार सदस्यद्वय प्राध्यापक वीरेन्द्र झा र पत्रकार प्रभाषचन्द्र झा थिए ।

यसअघि, समाजसेवी शरद्वन्द्र झाले महाधिवेशनको उद्घाटन गर्दै अप्पन विराटनगर समाजले संस्कृतिको संरक्षण सम्वर्द्धनमा प्रतिबद्ध रहेको उल्लेख गरे । समाजका अध्यक्ष अमरकुमार झाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा डा. एसएन. झा, एसएस ठाकुर, समाजका पूर्व अध्यक्षद्वय लक्ष्मीरमण झा, कुमुदमोहन झा, प्राध्यापक वीरेन्द्र झा, पत्रकार प्रभाषचन्द्र झा र प्रवीणनारायण चौधरी लगायतले ब्राह्मण समाजले संस्कृति संरक्षणमा पुऱ्याएको योगदानको चर्चा गरेका थिए ।

उक्त, अवसरमा समाजका कोषाध्यक्ष डा भविष्यकुमार मिश्रले गत आर्थिक बर्षको आय व्यय प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्