विराटनगरको मानगढ खानेपानीमा उहि उमेदवारलाई पुनः मतदान गराउन अदालतको आदेश

<span class='c1'>विराटनगरको मानगढ खानेपानीमा उहि उमेदवारलाई</span> <span class='c2'>पुनः मतदान गराउन अदालतको आदेश</span>

विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाअन्तर्गत विराटनगर मानगढ खानेपानी आयोजनामा उहि उमेदवारका लागि पुनः मतदान गराउन उच्च अदालत विराटनगरले आदेश दिएको छ । नयाँ नेतृत्वका लागि दश महिना अगाडी गत जेठ १९ गते मतदानका क्रममा विवाद भएपछि रोकिएको चुनाव पुनः गराउन उच्च अदालतले आदेश दिएको हो ।

सबै मतदाताले मत हाल्न नपाई रोकिएको निर्वाचनमा खसेको मतलाई आधार मानेर गणना गर्नुपर्ने र पुनः मतदान गराउनु पर्ने मागसहित छुट्टाछट्टै रिट दायर भएका थिए । जसमा दिव्यराज कट्टेलसमेत तीन जनाले खसेको मतलाई नै गणना गर्नुपर्ने माग राख्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । यस्तै टंकप्रसाद खतिवडासमेत तीन जनाले पुनः मतदानको मागसहित रिट दायर गरेका थिए ।
उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले सोमबार खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न आदेश दिएको हो । उच्चले यो आदेश गरेसँगै अब मानगढ खानेपानीमा उहि उमेदवारलाई उपभोक्ताहरुले पुनः मतदान गर्नुपर्नेछ ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले २०८१ जेठ १९ गते बिहान ९ बजेको अवस्थाबाट पुनः प्रक्रिया सुरु गर्न भनिएको जानकारी दिएका छन् । त्यो दिन बिहान ९ बजे मतदान सुरु हुने अवस्था रहेकोले मानगढमा उहि उमेदवारलाई पुनः मतदान गर्ने अवस्था कायम भएको हो ।

विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामबहादुर घिमिरे र लालमणि भट्टराई तथा दुर्गा चापागाँई अध्यक्षका उम्मेदवार थिए । यीमध्ये घिमिरे र भट्टराई नेकपा (एमाले) निकट रहेका थिए ।
यहि निर्वाचनलाई लिएर एमाले मोरङ नेतृत्व दुई धारमा बाँडिएको थियो । मोरङ अध्यक्ष ऋषिकेश पोखरेलसहितको संस्थापन समूहले घिमिरेलाई अघि सारेका थिए । तर, बिनोद ढकाल समूहले भट्टराईलाई अघि सारेको र समर्थन गरेको भन्दै पार्टीले कारवाही समेत गरेको थियो ।

निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध खटिएको भन्दै एमालेले महानगर कमिटी अध्यक्ष सागर थापालाई जिम्मेवारीबाट हटाएको थियो । त्यति मात्रै नभई भट्टराईसहित अन्यलाई कारवाही गरेको थियो । त्यहि रिस तातै रहेका बेला १०औं जिल्ला अधिवेशनबाट थापालाई कारवाही गर्ने समूह बढारिएपछि अदालतले पुनः मतदान गर्ने रिट जारी गरेको छ । थापा मोरङ उपाध्यक्षमा निर्वाचित भइसकेका छन् । थापा मात्रै नभई नेता बिनोद ढकाल पक्षले मोरङ एमालेमा दुईतिहाई सिट जीत पारेको छ ।

५ हजार ९ सय घरधुरी सदस्य रहेको खानेपानी व्यवस्थापनका लागि गत १९ जेठमा मतदानका क्रममा विवाद भएको थियो । उपभोक्ता समितिको विवाद अदालतमा पुगेर टुङ्गो लागेको हो । अब नयाँ नेतृत्वका लागि पुनः मतदान हुनेछ । पछिल्लो फेरिएको परिस्थितिमा अब लालमणी भट्टराई अध्यक्षका बलिया उमेदवार बन्नेछन् । घिमिरे र भट्टराईको तुलना सामाजिक रुपमा गर्नै नमिल्ने स्थिति रहेको छ । भट्टराई सामाजिक व्यक्तिको रुपमा स्थापीत छन् तर घिमिरे भने नेताहरुलाई मानगढको पानी पिलाएर त्यहाँ अड्डा जमाउनेमा गनिन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्