जनताका समस्या सम्बोधन गर्न अध्यक्ष दाहालको सरकारलाई सुझाव

<span class='c1'>जनताका समस्या सम्बोधन गर्न</span> <span class='c2'>अध्यक्ष दाहालको सरकारलाई सुझाव</span>

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मिटरब्याज पीडितले न्याय नपाएका र गुठी पीडित जनताका माग सम्बोधन नभएकामा जनता पीडित भएका बताउनुभयो ।

मुलुकको शान्तिप्रक्रिया गणतन्त्र स्थापनाको प्रस्थान विन्दु थियो भन्दै उहाँले राजतन्त्रको अन्त्यका क्रममा देखाइएको सदाशयतालाई कमजोरी नठान्न सम्बद्ध पक्षलाई सचेत गराउनुभयो । जनताको त्याग र बलिदानबाट प्राप्त व्यवस्थाका विरुद्ध जाने छुट कसैलाई नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतन्त्र र राजतन्त्रको तुलना हुनै नसक्ने बताउनुभयो ।

लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो अवलम्बन गरिए क्रान्तिले आफ्नो मार्ग तय गर्ने चेतावनी उहाँले दिनुभयो । उहाँले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस् । हामीलाई आपत्ति छैन ।” उहाँले सत्तासिनहरूको कुशासनले पनि लोकतन्त्रलाई चुनौती दिइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्