विराट गोल्डकपको फाइनल आज

<span class='c1'>विराट गोल्डकपको</span> <span class='c2'>फाइनल आज</span>

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब भिड्नेछन् ।

खेल साँझ ६ः३० बजेपछि सुरु हुने आयोजकले जनाएको छ। चर्च ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने थ्रीस्टार विराट गोल्डकपको ५ औं संस्करणको विजेता समेत हो ।

चर्च ब्वाइजले पहिलो पटक गोल्डकपको उपाधि जितको लक्ष्य राखेको छ भने थ्रीस्टार दोस्रो पटक उपाधि हत्याउने योजनामा छ । फाल्गुन १९ गतेबाट सुरु भएको गोल्डकपमा २ विदेशीसहित १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्