विराटनगर । मारवाडी युवा मञ्च विराटनगरले मारवाडीको कला र संस्कृतिलाई जर्गेना गर्दै आएको हास्य सम्मेलन र अलबेली वारात कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
होली पर्वको उल्लासमय माहोल बनाउन आयोजित कार्यक्रम विराटनगरको जैन भवनमा मंगलबार साँझ एक भव्य समारोहबीच हास्य सम्मेलनबाट विराटनगरका उद्योगी एवंम व्यापारी घरनाका व्यक्तित्व देवकिशन मुन्दडा यसपटकको महामुर्ख घोषित भएका छन् ।
महामुर्ख घोषणा भएसंगै मुन्दडालाई कार्यक्रममका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमुन्त्री हिक्मत कुमार कार्कीले महामुर्खको उपाधि लगाई दिएका थिए ।
कार्यक्रममा भारतीय हास्य कलाकार सुनिल पाल, गौरव शर्मा र जिमी मोसेजले कार्यक्रममा सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
विराटनगरको जैन श्वेताम्बर तेरापंथ सभा भवनको प्राङ्गणम झन्डै ३ हजार बढीको सहभागितामा भएको कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम आयोजना गरिएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारुले जानकारी दिए । साथै कार्यक्रममा विगत एक बर्ष अगाडीदेखी कोशी अस्पतालमा विरामीका कुरुवाहरुलाई खाना खुवाउदै आएको नर सेवा र नारायण सेवा सामाजिक संस्थालाई सम्मान समेत गरेको छ ।