तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको सांसद श्रेष्ठको आरोप

<span class='c1'>तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा</span> <span class='c2'>कब्जा गरेको सांसद श्रेष्ठको आरोप</span>

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकी छिन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएकी हुन् ।

उनले भनिन्,‘शून्य समयमा सांसद श्रेष्ठले काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको स्थानीय बासिन्दाको उजुरीको बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ । यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै उनले लगाएको उक्त आरोप माथि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति समेत जनाए । साथै सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्