मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी गर्ने चारजना पक्राउ

<span class='c1'>मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा</span> <span class='c2'>आगजनी गर्ने चारजना पक्राउ</span>

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी गर्ने चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्ववियु सभापतिका उम्मेदवार योगराज दाहाल, आयुष दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वास रहेको प्रहरीले जानकारी दिएको छ ।

क्याम्पसभित्रको निर्वाचन कार्यालयभित्र आगजनी गरेर निर्वाचन अधिकृत डा. सुशील कुमार अधिकारीलाई थुनेको आरोपमा उनीह?लाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूलाई विराटनगरस्थित मुनालपथबाट पक्राउ गरेकोमोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका दुई खेमाले छुट्टाछुट्टै मनोनयन दर्ता गरेपछि विवाद चुलिएको हो । महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेस नेता डा.शेखर कोइराला पक्षका उमेदवार आधिकारिक नभएपछि विवाद चुलिएको हो ।

शेखर समूहबाट योगराज दाहाल र संस्थापन पक्षबाट प्रज्वलजङ्ग विष्टको प्यानलले छुट्टाछुट्टै मनोनयन दर्ता गराएको छ। संस्थापनलाई नागेश कोइरालाले समेत समर्थन गरेको खुलेको छ । नेविसंघ केन्द्रीय कार्यालयले समेत संस्थापनका विष्टलाई आधिकारिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्