काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको कडाइ, १२० बढी स्थानमा चेकिङ

<span class='c1'>काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको कडाइ,</span> <span class='c2'>१२० बढी स्थानमा चेकिङ</span>

काठमाडौं । होलीको अवसरमा मादक पदार्थ सेवन(मापसे) गरेर सवारी साधनमा चलाउनेमाथि प्रहरीले बिहानैदेखि कडाइ गरेको छ ।

उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको छ ।

यसै क्रममा बालाजु चोक र दरबारमार्गमा पनि प्रहरी कडा नियन्त्रण रहेको छ । होली पर्वको अवसरमा मानिसहरुले उच्छृंखल गतिविधि गर्ने, जथभाबि लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका १२० बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ । ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट मासपे गरि चलाएको सवारी साधन नियन्त्रणमा पनि लिने काम गरिरहेको छ ।

यता, अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्