होली पर्व शुभकामना: मुख्यमन्त्री कार्की

<span class='c1'>होली पर्व शुभकामना:</span> <span class='c2'>मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुपूर्णिमा अर्थात् होली पर्वले नेपालीहरूबीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने बताउनुभएको छ ।

आज होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले हामी नेपालीको यस किसिमको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गरी हाम्रा धर्म, संस्कृति र पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

असत्यमाथि सत्यको विजय उत्सवको रूपमा मनाइने यो पर्वले सबै नेपालीलाई सत्यमा हिँड्नको लागि प्रेरित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले मौलिक परम्पराहरूको संरक्षण गर्दै आपसी सद्भाव र एकताका साथ पर्व मनाउने प्रचलनले हाम्रो राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार पार्न अभिप्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुपहिचान भएको मुलुक भएकाले हामी नेपालीबीचको एकता र सद्भाव वृद्धि भएको हो भन्दै मुख्यमन्त्री कार्कीले होली पर्वको अवसरमा विकास र समृद्धिको बाटोमा अघि बढ्नका लागि सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्