वैज्ञानिक दृष्टिकोणले हाम्रो शरीरमा रंगको ठूलो महत्व छ : श्याम किशोर

<span class='c1'>वैज्ञानिक दृष्टिकोणले हाम्रो शरीरमा रंगको ठूलो</span> <span class='c2'>महत्व छ : श्याम किशोर</span>

वैज्ञानिक दृष्टिकोणले पनि हाम्रो शरीरमा रंगको धेरै ठूलो महत्व छ । जबसम्म हाम्रो शरीरमा विभिन्नखाले रंग लाग्दैन तबसम्म शरीर पूर्ण रुपले स्वस्थ्य रहन सक्दैन् । त्यसैले होली खेल्नु वैज्ञानिक हिसाबले महत्वपूर्ण छ ।
श्याम किशोर गोइत
संस्कृतविद्

होली मनाउने आ–आफ्‌नै तरिकाहरु छन् । विशेष गरेर फागु पुर्णिमामा मनाउने हो । पहाड र तराईमा होली मनाउने तौर तरिका केही फरक छ । यस वर्ष पुर्णिमा वास्तवमा शुक्रबार पर्न गएको छ । तर पहाडमा होली बिहीबार नै मनाएको छ । त्यसको कारण साढे १० बजेपछि बिहीबार पुर्णिमा सुरु भइसकेकाले हो । तराईमा जुन दिन सुर्योदय हुन्छ त्यस दिन प्राथमिकतामा पर्छ । जस्तै शुक्रबार सूर्योदय भएको दिन पुर्णिमा पर्न गएको छ । त्यसैले तराइमा शुक्रबार होली हुन्छ । र पहाडमा बिहीबार होली हुँदैछ ।

मिथिला माध्यमिकी परिक्रममा जुन छ त्यो जनकपुर वरिपरिको क्षेत्रमा होली परिक्रमाको भोलिपल्ट मनाइन्छ । तराइमा पनि होली फागू पुर्णिमाकै दिनमा मनाइन्छ तर मिथिलामा माध्यमिकी परिक्रमा वरिपरिको क्षेत्रमा होली भोलिपल्ट मनाइन्छ । पाँचकोशे ग्रील परिक्रमा पुर्णिमाको बिहान सबैजना घुम्ने गर्दछन् । त्यसको भोलिपल्ट जनकपुरवासीहरु होली मनाउँछन् । यसको वैज्ञानिक धारणा के छ भने चिसो मौसम समाप्त हुन्छ गर्मी मौसम सुरु हुन्छ । त्यस बीचमा विभिन्न खाले रोगहरु लाग्छन् । त्यसका लागि होलीमा दहन गर्छ र त्यसमा उच्च डिग्री सेन्टिग्रेटको ताप हाम्रो शरीरमा लाग्छ । त्यसले गर्दा व्याक्टेरियाहरु नष्ट हुन्छ र वास्तुको दृष्टिकोणले पनि रोगहरुबाट बचाउँछ । त्यो वैज्ञानिक तर्क पनि हो ।

अरु देशहरुमा पनि होलीजस्तै पर्वहरु मनाउने चलन छ । जस्तै जर्मनी, नर्वेमा पनि मनाइन्छ र त्यहाँ पनि रंग नै खेलिन्छ । वैज्ञानिक दृष्टिकोणले पनि हाम्रो शरीरमा रंगको धेरै ठूलो महत्व छ । जबसम्म हाम्रो शरीरमा विभिन्नखाले रंग लाग्दैन तबसम्म शरीर पूर्ण रुपले स्वस्थ्य रहन सक्दन् । त्यसैले होली खेल्नु वैज्ञानिक तरिकाले पनि एकदमै राम्रो हो । होलीका विभिन्न पक्षहरु छन् । तर सबैभन्दा प्रमुख भनेको हिन्दुहरु सत्ययुगबाट पर्व सुरु भएको मान्छन् ।
सत्ययुगमा प्रल्हादलाई उसको पिताले मेरो पूजा गर भनेर कर लगाउन थालेको थिए तर प्रल्हाद विष्णुको भक्त थिए । त्यही कारण उनले प्रल्हादलाई यातना दिन थाले । उसको मृत्यु हुन नसकेपछि अन्तिममा प्रल्हादका पिताको बहिनी होलीका जसलाई भगवानले आगोले जलाउन नसक्ने बरदान दिएका थिए । त्यही भएर उसको काखमा प्रल्हादलाई राखेर आगोमा राख्ने काम भयो । तर त्यसबेला होलीकाको मृत्यु भयो । प्रल्हाद भने बाँचे ।

यसको अर्थ के हो भने असत्यमाथि वा पापमाथि धर्मको विजय जसरी पनि हुन्छ भन्ने कुरा पुष्टि भयो । यही कुरा होलीसँग जोडिएको छ । त्यसैले अहिले मिथिलामा पुत्ला जलाउने काम हुन्छ । त्यसलाई दुई तरिकाले हेरिन्छ । एउटा होलीका दहन गरियो भनिन्छ त्यो भनेको असुरी प्रवृत्तिको नाश हो । र पुत्ला दहन जुन छ त्यो पुरानो वर्ष सकिने र नयाँ वर्ष सुरु हुने प्रसंग हो । होलीपछि पूरानो वर्ष सकिन्छ र नयाँ वर्ष सुरु हुन्छ । यसको साथै पुराना नराम्रा कुराहरु जति पनि थिए त्यो सबैलाई जलाए र अब नयाँ वर्ष रमाएर हाँसेर, विभिन्न किसिमको रंगहरु लगाएर सुरुवात गर्ने भन्ने प्रतिकको रुपमा पनि होली मनाइन्छ । (जनक हजारी विद्यापिठका प्रमुख एवम संस्कृतविद् श्याम किशोर गोइतसँग गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्