डा. शेखर कोइरालाले गरे प्रकृति लम्सालको परिवारसँग भेट

<span class='c1'>डा. शेखर कोइरालाले गरे</span> <span class='c2'>प्रकृति लम्सालको परिवारसँग भेट</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दुखद घटनामा परि निधन भएकी प्रकृति लम्सालको परिवारसँग भेटेर घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईसकिएको बताएका छन् ।

रुपन्देहीको भैरहवा स्थित रहेको उनको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाईलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस् घट्नालाई अत्यन्तै गम्भीर रुपमा लिएको बताएका हुन् ।

कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीहरुलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आवश्यक पहल भइरहेको पनि बताए । लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाललाई साथमा लिएर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्