स्याल बौलायो भने सहरतिर पस्छ रे, सरकारको पारा त्यस्तै छ : सांसद केसी

<span class='c1'>स्याल बौलायो भने सहरतिर पस्छ रे, सरकारको</span> <span class='c2'>पारा त्यस्तै छ : सांसद केसी</span>

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले सरकारले पूर्व विशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेकोप्रति आपत्ति जनाएका छन् ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुकको कमजोर आर्थिक अवस्था हुँदाहुँदै यसरी सेवा सुविधा थप गर्नु उपयुक्त नभएको भन्दै सरकारलाई यसमा गम्भीर भएर सोच्न आग्रह गरे ।

उनले भने,‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, लाखौं बेरोजगार नेपाली विदेशको गल्ली भौतारिदा यस्तो बेला सरकारले पूर्वविशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेको छ । यो के गरेको ? स्याल बौलायो भने सहरतिर पस्छ भन्ने उखान छ, त्यस्तै भयो । यसमा सरकार गम्भीर होस् । यतातिर सरकार अगाडि नबढोस् । जनताको यत्रो आक्रोश सरकार र व्यवस्थामाथि नै भइरहेको बेला यो गर्नु ठिक होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्