मौन अवधी सुरु भएपछि महेन्द्र मोरङ क्याम्पसमा निर्वाचन रोक्ने चेतावनी

<span class='c1'>मौन अवधी सुरु भएपछि महेन्द्र</span> <span class='c2'>मोरङ क्याम्पसमा निर्वाचन रोक्ने चेतावनी</span>

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा निर्वाचनको मौन अवधी सुरु भएपछि निर्वाचन रोक्न सक्ने चेतावनी दिइएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको चैत ५ गतेका लागि तय भएको निर्वाचनको मौन अवधी गत रातीदेखि सुरु भएको छ ।

क्याम्पस परिसर सुनसान छ । प्रचारप्रचारको काम रोकिएपछि नेपाल विद्यार्थी संघको डाक्टर शेखर कोइराला पक्षले भने निर्वाचन भए क्याम्पस जल्न सक्ने र निर्वाचन गराउनेको घर जलाउन सक्ने चेतावनी दिएको हो।नेविसंघको आधिकारिकता विवाद नसुल्झेपछि डाक्टर शेखर कोइराला पक्षका उमेदवार योगराज दाहाल स्वतन्त्र समूहमा परेका छन् । आधिकारिक प्यानल प्रज्वल विष्ट रहेका छन् । स्वतन्त्र प्यानलमा परेका दाहालले मौन अवधीमा पत्रकार सम्मेलन आयोजना गरेर गृहमन्त्रीदेखि जिल्लाका एसपीसम्मलाई निर्वाचन गराएर देखाउन चेतावनी दिएका छन् ।त्यति मात्रै नभई उनले निर्वाचन गराए आफैं पेट्रोल छर्केर आत्मदाहा गर्नेसम्मको तर्क गरेका छन् । विद्यार्थी संगठनको निर्वाचनको पूर्वसन्ध्यामा दाहालले कोइराला निवासको आडमा रहेको नेपाल विद्यार्थी संघले जेसुुकै गर्नसक्ने भन्दै भने–क्याम्पस जल्नसक्छ, हामी जल्न सक्छौं, उहाँहरुको घर जल्छ सक्छ, उहाँहरु जल्न सक्नेछन् । उनले थप भने–गृहमन्त्री, गृहसचिव, प्रमुख जिल्ला अधिकारी, डिआईजी, एसपीलाई चेतावनी दिन्छौं, विराटनगरमा कोइराला निवाससँग आस्था राख्ने देशको सबैभन्दा ठूलो संगठन नेपाल विद्यार्थी संघको कार्यकर्ता हौं ।उनले आधिकारिकता पाएका नेविसंघका प्रज्वल विष्टलाइ संस्थापन पक्षको भएको बताउँदै भने–अहिले संस्थापन पक्षले गुण्डागर्दी गरिरहेका छन्, जुन गृहमन्त्रीको संरक्षणमा भईरहेको छ । उनले आफ्नो वरिपरि प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको र पार्टीको संस्थापन पक्षका गुण्डाहरुले धम्की दिईरहेको बताए ।यसैगरी विराटनगर महानगरपालिकाका मेयर तथा नेपाली काँग्रेस मोरङका उपसभापति नागेश कोइराला विरुद्ध उनी खनिए । भने–महानगरपालिका राम्रो चलाउनु, उपसभापतिमा मेरो पनि भोट छ, मेयर जिताउन पनि लागेकै हो । उनले पैसाको आडमा तुजुक नदेखाउन चेतावनी दिदैं भने–तल्लोस्तरको कार्यकर्ताको भावना बुझ्नु, शेखर कोइरालासँग मेयरको टिकट लिएर संस्थापनलाई सहयोग गर्न नलाग्नु ।
यसैगरी मोरङका एसपी नारायण चिमरियालाई संस्थापन पक्षको पक्षपोषण गरेको आरोप लगाउँदै दरबन्दी लिएर आउन सुझाव दिएका छन् । काजमा आएको एसपीले मोरङ क्याम्पसमा शान्तिसुरक्षा वहाल गर्न नसक्ने उनको धम्कीपूर्ण चेतावनी थियो । उनले क्याम्पसमा दर्ता भएका १९ वटा संगठनको बैठक राखेर निर्वाचनलाई भयरहित बनाउने प्रयास नभएको बताउँदै भने–हामी आन्दोलनमा छौं, यसलाई नबुझे क्याम्पसमा पेट्रोल छर्कनेछौं, आगो लगाउने छौं ।मोरङ क्याम्पसमा चैत ५ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन समितिका संयोजक डा.सुशील अधिकारीले जानकारी दिए । उनका अनुसार प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उमेदवारी दिएका छन् । यसैगरी समानुपातिकतर्फ नौ विद्यार्थी संगठनको बन्दसूची पेस गरेका छन् । क्याम्पसमा प्रत्यक्षतर्फ ७२ जना प्रतिस्प्रर्धामा उत्रिएका छन् । मोरङ क्याम्पसमा २ दुई हजार ८९० छात्रा र ३ हजार ९४ जना छात्र मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्