इन्दु साह
विराटनगर । वसन्त ऋतु सुरु भएसँगै कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका खण्डका मेडियन स्ट्रिप्स (डिभाइडर) मा पालुवा देखिन थालेको छ । महानगरपालिकाले रोपेको फूलका बिरुवाले पालुवासँगै फूल्न थालेका हुन् ।
डिभाइडरका विरुवाहरुमा फूल र पालुवा देखिन थालेको छ । विभिन्न प्रकारका फूलहरुले सडकमा सवार हरकोहिको मन लोभियाउने थालेको छ । सडक सौन्दर्यकरण र वातावरण सुधारका लागि महानगरपालिकाले बैंकहरुको सहकार्यमा वृक्षारोपण गरिरहेको छ । जम्मा ४५ वटा डिभाईडरमा विरुवा रोपिदै छ । जसमध्ये ९ वटा डिभाईडरमा विरुवा रोप्न बाँकी रहेको महानगरपालिका सरसफाई शखा प्रमुख पुनम दाहालले जानकारी दिएका छन् ।
महानगरपालिकाले यस योजनका लागि ५५ लाख लागत अनुमान गरेको थियो । जुन स्रोत बैंक तथा वित्तीय संस्थाबाट जुटाउने लक्ष्य राखेको थियो । तर, सबै बैंकहरुले अझै रकम बुझाएका छैनन् । बैंकहरुले यस योजनामा चासो राख्दै महानगरलाई पैसा बुझाउने क्रम पनि जारी राखेका छन् । महानगरले डिभाइडरका ४६ प्लटमध्ये एउटामा सीएनआईले विरूवा रोपण गरेको छ । राजमार्गका ९ वटा प्लटमा अझै विरुवा राप्ने तयारी कार्य भईरहेको गर्न बाँकी रहेको दाहालले जानकारी दिएका छन् । चैत्र मसान्त भित्र महानगरपालिकाले यो कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
यो योजनाले राजमार्गको स्वरुपमा परिवर्तन आएको छ । सुरुमा महानगरका प्रमुख नागेस कोईराला र उपमेयर शिल्पा निरौला कार्कीले डिभाईडरमा विरुवा रोपि कार्यक्रमको थालेका थिए ।
त्यसबेला स्थानीयले भएका र सप्रेका विरुवा मासिने भन्दै असन्तुष्ट व्यक्त गरेका थिए । तर अहिले भने स्थानीयले पनि घेराबेरा गरी रोपिएको विरुवामा फूल फुल्नथालेपछि प्रशंसा गर्न थालेका छन् ।