विराटनगर कारागारमा बन्यो नयाँ छ वटा भवन, हट्लान् की कैदीबन्दीका दुःख

<span class='c1'>विराटनगर कारागारमा बन्यो नयाँ छ वटा</span> <span class='c2'>भवन, हट्लान् की कैदीबन्दीका दुःख</span>

विराटनगर । जिल्ला कारागार मोरङमा २९ करोड लागतमा बन्दीगृह र प्रशासनिक भवनका संरचना बनेका छन् । बन्दीगृह तथा प्रसाशनिक भवनका छ वटा संरचनाको काम सम्पन्न भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार संरचना निर्माण सम्पन्न भएसँगै यसलाई चाँडै सञ्चालन तथा प्रयोगमा ल्याउने तयारी थालिएको छ । मोरङ कारागाराको पुरानो तथा जीर्ण भवन साँघुरो भएपछि साढे तीनवर्ष अगाडीदेखि निर्माण थालिएको थियो ।

कारागार परिसरमा प्रसाशनिक भवन, कार्यालय प्रमुख आवासगृह, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक साथै बन्दीगृह निर्माण गरिएको छ । मोरङ कारागारको क्षमता ३५० कैदीबन्दी अटाउने गरेको छ । तर, यहाँ एक हजार बढी कैदीबन्दी रहेका छन् । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या हुनुका साथै बिरामी पर्ने समस्या रहँदै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी यादवले नयाँ संरचना प्रयोगमा ल्याएपछि कारागारको क्षमता एक हजारको हुनेछ । कारागारमा अहिले कैदीबन्दीले व्यवसाय समेत सञ्चालन गर्ने गरेका छन् । प्रशासनले व्यवसाय सञ्चालनका लागि सीप भएकाहरुले विभिन्न किसिमका सामान बनाएर बिक्री गर्ने गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्