विराटनगर नाकाबाट रोकियो प्लाइउड निर्यात, बिआइएस लिनुपर्ने भारतको जिकीर

<span class='c1'>विराटनगर नाकाबाट रोकियो प्लाइउड निर्यात,</span> <span class='c2'>बिआइएस लिनुपर्ने भारतको जिकीर</span>

विराटनगर । विराटनगर भन्सार नाकाबाट समेत प्लाइउडको निर्यात रोकिएको छ । भारतले प्लाइउड निर्यातका लागि बिआइएस (ब्युरो अफ इन्डियन सर्टिफिकेट) लिनुपर्ने भनेपछि यो नाकाबाट हुँदै आएको निर्यात समेत रोकिएको हो ।

यस अगाडी पूर्वको काँकडभिट्टासहित देशका भैरहवा, कृष्णनगर र नेपालगञ्जबाट निर्यात रोकिसकिएको छ । नेपालका उद्योगीलाई भारतले मई २८ सम्म साना तथा मझौला उद्योगले बिआइएस लिनु नपर्ने भनी सूचना जारी गरेको थियो । तर, यस अगाडी निकालिएको सूचना बिआइएस लिने म्याद थपको भएको भन्दै निर्यात रोकिएको हो ।

कोशीका प्लाइउड उद्योगीहरुलाई भारत जोगबनी भन्सारका असिस्टेन्ट कमिस्नर (एसी) विकास श्रीवास्तवले बिआइएस अनिवार्य लिनुपर्ने भन्ने जवाफ दिएपछि प्लाइउड रोकिएको उद्योगीहरुले बताएका छन् ।
भारतले नेपालका साना तथा मझौला उद्योगले बिआइएस लिनु नपर्ने यस अगाडी निकालेको सूचनामै उद्योगी भर परेका थिए । तर, अहिले उक्त सूचना लिनुनपर्ने नभई म्यादसम्ममा लिईसक्नुपर्ने भन्ने व्याख्या गरेको छ । त्यसपछि प्लाइउड निर्यात हुँदा जाँचपास नगर्ने आइतबार साँझ कोशीका उद्योगीलाई जोगबनी भन्सारले जानकारी दिइएको हो ।

नेपाल प्लाइउड संघ कोशी प्रदेशका अध्यक्ष सीताराम अग्रवालले भारतीय भन्सार जोगबनीले प्लाइउडको जाँचपास नगर्ने जानकारी दिएको बताउनुभयो । काँकडभिट्टासँग जोडिएको भारतीय भन्सार पानीटंकीले पनि त्यहि अनुसार नै जाँचपास नगरेको उद्योगीलाई एसी श्रीवास्तवले जानकारी दिएका हुन् । तर, बिआइएस पाएका उद्योगीको उत्पादन भने रोकिने छैन । मोरङका ग्रिन प्लाई र सेन्चुरी प्लाई उद्योगले बिआइएस पाएका छन् । अध्यक्ष अग्रवालका अनुसार देशभर ८० वटा उद्योग रहेको बताउनुभयो ।

प्लाइउड उद्योग संघले निर्यातका लागि लिनुपर्ने बिआइएसका लागि आवेदन भने दिएका छन् । जसका लागि लाग्ने शुल्क समेत बुझाई सकेको बताइएको छ । भारत सरकारले आन्तरिक उत्पादन र आयातित वस्तु सबैमा बिआइएस हुनुपर्ने कानुन कडाइपूर्वक कार्यन्वयनमा ल्याएको उद्योगीहरु बताउँछन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्