धनुषामा चोकको नामलाई लिएर दुई पक्षबीच झडप, प्रहरीको गोली लागेर एक जना घाइते

<span class='c1'>धनुषामा चोकको नामलाई लिएर दुई पक्षबीच झडप,</span> <span class='c2'>प्रहरीको गोली लागेर एक जना घाइते</span>

जनकपुर । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच आज(सोमबार) पनि झडप भएको छ ।

दुई पक्षबीचको झडप बढ्न थालेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जना युवक घाइते भएका छन् ।

घाइते हुनेमा सहिदनगर वडा नं.१ का करिब २० वर्षीय सन्तोष यादव रहेको जनाइएको छ । घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड लगाएपछि अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्