विराटनगर । विराटनगर–१ शंकरचौकमा आगलागी हुँदा चारवटा घर जलेका छन् । टिनको छानो र बाँसको बेरा भएको घरमा गुँइठाबाट आगो सल्किएको आशंका गरिएको छ ।
परालको गुँइठा बालेका कारण त्यहिँबाट आगो सल्किएको हुनसक्ने आशंका गरिएको हो । स्थानीय अनवर अन्सारीसहित तीन दाजुभाई र अर्का एकजनाको घर जलेको जानकारी दिएको छ ।
अपरान्ह ४ः४५ देखि लागेको आगो अहिले नियन्त्रणमा लिइएको छ । महानगरपालिकाका तीनवटा दमकल आगो नियन्त्रणमा प्रयोग गरिएको भएपनि तिव्रगतिको सुख्खा हावाका कारण केहि समस्या बेहोर्नु परेको महानगर नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिएका छन् । क्षतिको विवरण आउन बाँकी रहेको छ ।