आईएसएमटी कलेज विराटनगरद्वारा भव्य रोजगारी मेला सम्पन्न

<span class='c1'>आईएसएमटी कलेज विराटनगरद्वारा भव्य</span> <span class='c2'>रोजगारी मेला सम्पन्न</span>

विराटनगर । आईएसएमटी कलेज विराटनगरले आफ्ना विद्यार्थीहरूलाई शिक्षाबाट प्रत्यक्ष रोजगारीमा रूपान्तरण गराउने उद्देश्यका साथ भव्य रोजगारी मेला (Job Fair) आयोजना गरेको छ। यस मेलाले विद्यार्थीहरूलाई अध्ययनपछि सीधा रोजगारीको अवसर प्रदान गर्दै उनीहरूको भविष्य सुनिश्चित गर्ने मार्ग प्रशस्त गरेको छ।

आईएसएमटी कलेजले विद्यार्थीहरूलाई 'रोजगार खोज्ने' हैन, 'रोजगार पाउने' योग्य बनाउने प्रतिबद्धता सहित यो कार्यक्रम आयोजना गरेको हो। शिक्षा र उद्योगबीचको खाडललाई कम गर्दै स्नातक भएपछि विद्यार्थीहरू प्रत्यक्ष रोजगारीमा प्रवेश गर्न सकून् भन्ने मुख्य उद्देश्यले यस मेलाले विद्यार्थीहरूलाई उद्योगका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तर्वार्ता दिन तथा व्यावसायिक संसारलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्यो।
यस कार्यक्रमले आईटी, स्वास्थ्य सेवा, होटल, डिजिटल मार्केटिङ, निर्माण, तथा अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित कम्पनीहरूलाई विद्यार्थीहरूसँग प्रत्यक्ष सम्पर्क गराउने अवसर प्रदान गर्यो। मेलामा सहभागी कम्पनीहरूले अन्तर्वार्ता, करियर परामर्श, तथा प्रत्यक्ष रोजगारी अवसर उपलब्ध गराए, जसले विद्यार्थीहरूलाई व्यावसायिक जीवनमा सहज प्रवेश गराउन महत्वपूर्ण भूमिका खेलेको छ।

उक्त कार्यक्रममा आइटी सर्भिस नेपाल,बिग होटल,सोल्टी वेस्टेन्ड,वर्ल्डलिंक,नेपालरिका,विराट टिचिङ हस्पिटल,विराट नर्सिङ होम,भायानेट लगायतका कम्पनीहरू सहभागी भएका थिए।

धेरै विद्यार्थीहरूले प्रत्यक्ष अन्तर्वार्ता दिएर रोजगारी पाउने अवसर प्राप्त गरेका छन्। उद्योगका विशेषज्ञहरूसँग प्रत्यक्ष कुराकानी गर्ने अवसरले उनीहरूलाई आफ्नो करियरको सही दिशा पहिचान गर्न मद्दत गर्यो भने उद्योगसँगको प्रत्यक्ष सम्पर्कले आत्मविश्वास बढाउँदै व्यावसायिक यात्राका लागि थप तयार बनाएको छ। साथै, यस मेलाले कलेज र उद्योगहरूबीच बलियो सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ, जसले भविष्यमा थप रोजगारमूलक अवसरहरू सिर्जना गर्नेछ।

आईएसएमटी कलेज विराटनगर निरन्तर विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा, व्यावसायिक अवसरहरू, र उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्न प्रतिबद्ध रहेको छ। कलेज प्रशासनले यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्दै विद्यार्थीहरूलाई व्यावसायिक संसारसँग जोड्ने योजना बनाएको छ। विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ सञ्चालित यस ISMT College Biratnagar को यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो करियर सुरु गर्ने कम्पनी धाउन नपरोस र एउटै स्थानमा विभिन्न कम्पनीको जानकारी पाउनुको साथै आफुले रोजेको कम्पनीमा जागिर पाउन सक्ने उद्देश्यले कार्यक्रम योजना गरिएको कलेजले जनाएको छ।

बेलायतको University of Sunderland बाट सम्बन्ध प्राप्त यस ISMT College Biratnagar ले BBA, BHM, BSc.IT र MBA कार्यक्रम सञ्चालन गरिरहेको छ। साथै ISMT Group अन्तर्गत University of Sunderland UK कै सम्बन्धमा नेपालका प्रमुख शाखाहरू काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि कलेजहरू सञ्चालनमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्