स्ववियु निर्वाचन : मोरङका चार क्याम्पसमा क्रान्तिकारी विजयी

<span class='c1'>स्ववियु निर्वाचन : मोरङका</span> <span class='c2'>चार क्याम्पसमा क्रान्तिकारी विजयी</span>

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को निर्वाचनमा मोरङका ६ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारी अगाडि देखिएको छ ।

अहिलेसम्म परिणाम सार्वजनिक भएको मध्ये परिणाममा त्रिभुवन विश्वविद्यालयका दुई आङ्गीकसहित ४ वटामा अखिल क्रान्तिकारी विजयी भएको छ । यस्तै एउटामा नेविसंघ र एउटामा अनेरास्ववियुले जित हासिल गरेका छन् ।
मोरङका ३ आंगिक र ७ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो । तीमध्ये केही स्थानको मतगणना समेत सम्पन्न भइरहेको छ ।
मोरङका तीन अंगीक क्याम्पसमध्ये विराटनगरको डिग्री क्याम्पसमा र विराटनगर नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रीतम साहको प्यानल नै निर्वाचित भएको छ भने नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन्। ।

मोरङको कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भएका छन्। यस्तै, केरावारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित भएका छन्। यस्तै मोरङको मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरेको प्यानल नै निर्वाचित भएको छन् ।

पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई निर्वाचित भएका छन् । पूर्वकै सबैभन्दा ठूलो क्याम्पस विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पछिल्लो मतपरिणामअनुसार अखिल क्रान्तिकारी नै अगाडि देखिएको छ ।

महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा अहिलेसम्म ८३३ मत गणना हुँदा अखिल क्रान्तिकारीका रोहित यादवले ३७६ मतसहित अग्रता लिएका छन्। उनलाई पछाइरहेका नेविसंघका उम्मेदवारले ३२८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्