विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा जारी मतगणना केहीबेरका लागि स्थगित भएको छ । चेत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनको मतगणना गएरातीदेखी नै जारी छ । तर बुधबार साँझ नेपाल विद्यार्थी संघले मतगणना स्थगित हुनुपर्ने माग राख्दै केहीबेरका लागि स्थगित भएको हो ।
नेविसंघका प्रतिनिधीहरु नभएको मौकामा मतगणना गरेको भन्दै नेविसंघका प्रतिनिधीहरुले पुन:मतगणना हुनुपर्ने भन्दै मतगणना स्थगित हुनुपर्ने माग राखेका छन् । यता निर्वाचन अनुगनमन तथा आचार सहिता समिति सदस्य मोहन सुवेदीका अनुसार ठुलो विवाद नभएर सामान्य रहेको जनाएका छन् । मतगणना स्थलमा लामो समयदेखी एउटै व्यक्ति खटिएकाले आलोपालो गर्ने क्रममा सामान्य विवाद भएको सुवेदीले आवर विराटनगरलाई जानकारी दिए । उनका अनुसार अहिले सर्वदलिय बैठक बसिरहेको छ, हाम्रो चाहाना पनि भयरहित र शान्तिपुर्ण रुपमा मतगणना हुनुपर्छ भन्ने हो ।
हिजो २६३१ मत खसेको थियो । यता विद्यार्थीहरुले भने २४ घन्टा सम्म पनि मतगणना सम्पन्न नभएको भन्दै निर्वाचन समितिले ढिलो गरेको आरोप लगाएका छन् । समानुपातिक तर्फ सकिएकाले अब त्यही बुथमा प्रत्यक्ष तर्फको मतपेटीका राखेर मतगणना गरिने सुवेदीले जानकारी दिए।