एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

<span class='c1'>एसइई परीक्षा धैर्यताका साथ</span> <span class='c2'>दिन प्रधानमन्त्रीको आग्रह</span>

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।

आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी भोलिदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गर्नुभएको हो ।

“विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईहरू त्यसैको तयारीमा जुट्नु भएको छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “त्यसकारण तपाईहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्र्तीण हुनुहोस् । मेरो धेरै धेरै शुभकामना छ ।”

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गार्‍हो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीले धेरै परीक्षा उत्र्तीण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गर्नुभएको छ । “पहिले पहिले एसएसलीलाई फलामे ढोका भन्थ्ये । त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो । तपाईहरू परीक्षासँग नतर्सिनुहोस्,” प्रधानमन्त्रीले भन्नुभएको छ, “परीक्षा जीवनका कदमकदम मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उत्र्तीण गरेर तपाईहरू यहाँ आइसक्नुभएको छ ।”

प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको समेत बताउनुभएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्