स्ववियु निर्वाचन : विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्थगित मतगणना पुन: सुरु

<span class='c1'>स्ववियु निर्वाचन : विराटनगरको महेन्द्र मोरङ</span> <span class='c2'>क्याम्पसमा स्थगित मतगणना पुन: सुरु</span>

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्थगित मतगणना पुन: सुरु भएको छ।

चेत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनको मतगणना गएरातीदेखी नै जारी छ । तर बुधबार साँझ नेपाल विद्यार्थी संघले मतगरणा स्थगित हुनुपर्ने माग राख्दै केहीबेरका लागि स्थगित भएको थियो ।

नेविसंघका प्रतिनिधीहरु नभएको मौकामा मतगणना गरेको भन्दै नेविसंघका प्रतिनिधीहरुले पुन:मतगणना हुनुपर्ने भन्दै मतगणना स्थगित हुनुपर्ने माग राखेका थिए। अहिले सर्वदलिय बैठक बसेपछि मतगणना सुरु भएको हो।

क्याम्पसमा कुल ५९८४ जना मतदाता रहेकोमा २६३१ जनाले मात्र मतदान गरेको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डा. शुशिल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान गर्न ३६२३ जना विद्यार्थी अनुपस्थित भएका थिए ।

निर्वाचन कार्यालयले १५ वटा मतदान स्थल बनाईएको थियो । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्