पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरुको मुटु–कलेजो हल्लियो : ज्ञानेन्द्र शाही

<span class='c1'>पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरुको</span> <span class='c2'>मुटु–कलेजो हल्लियो : ज्ञानेन्द्र शाही</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाइसकेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा फर्किँदैनन् भन्नेहरुले जनतालाई माक्र्स, लेलिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन् ।

उनले भने ‘राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ । गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन । त्यो चाहीँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नु भएको छ ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो । कसैका विरुद्धको आन्दोलनमा होइन । स्वागत गर्दाखेरी त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाइँहरुको विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ । यो कुरा याद गरेर संसद्मा आवाज उठाइदा विचार पुर्याइयोस् ।’

पूर्वराजालाई राष्ट्रिय झण्डामुनि स्वागत गर्दा दलहरुको मुटु, कलेजो हल्लिएको उनले टिप्प्णी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्