संसदमा प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भयो : सांसद साह

<span class='c1'>संसदमा प्रश्नोत्तर कार्यक्रम औचित्यहीन</span> <span class='c2'>भयो : सांसद साह</span>

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले संसदमा हुने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको भन्दै प्रश्न उठाएका हुन् ।

उनले भने,‘आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहीन छ । यो कार्यसूचिबाट हटाईयोस भनेर माग गर्दछु । देवताले बास नगरेको मन्दिरको अर्थ हुँदैन, देवीले प्राण त्यागेपछि मूर्तिको पनि के अर्थ ? त्यस्तै प्रश्नको उत्तर नै नआएपछि प्रश्नोत्तर कार्यक्रमको के अर्थ, मैले यसअघि सोधेको प्रश्नको उत्तर सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएन । प्रभु साहको सवाल होईन, सवाल प्रश्नोत्तर कार्यक्रमको हो । सिंगो सदनको सवाल हो । सम्माननीय सभामुज्यूको पनि सम्मानको सवाल हो । संसदीय नियामावलीको हो । त्यसप्रति उत्तरदायी हुन सक्नुपर्दथ्यो, त्यसकारण आजको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाउन आग्रह गर्दछु । यदि कार्यसूचिबाट हटाइएन भने म यो कार्यक्रम बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु ।’

उनले गौर हत्याकाण्डका दोषीहरुमाथि अहिलेसम्म कारबाही नभएको विषयमा पनि सरकारको ध्यानाकार्षण गराएका छन् । उनले सरकारले पटक पटक पीडित परिवारसँग सम्झौता गर्ने गरेको र तर ती सम्झौत कार्यान्वयन नगरेको भन्दै गुनासो पनि पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्