विराटनगर। विराटनगर ३ स्थित दुर्गा चौकमा आज(बिहीबार) बेलुका धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन् ।
सप्तम सापकोटाले आफ्नै छिमेकी रमेश गुप्तालाई घरेलु धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घाँटीमा धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते भएका गुप्ताको हाल विराट टिचिङ हस्पिटलमा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आक्रमणकारी सापकोटा हाल फरार रहेका छन्।
घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनाको कारण भने अझै खुलिसकेको छैन।