राष्ट्रिय स्तरको हराईजन बास्केटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने

<span class='c1'>राष्ट्रिय स्तरको हराईजन बास्केटबल प्रतियोगिता</span> <span class='c2'>चैत ९ गतेदेखि हुने</span>

धरान । राष्ट्रिय स्तरको ९ औं संस्करणको हराईजन बास्केटबल रनिङ कप २०८१ चैत्र ९ गतेदेखि हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै हराईजन बास्केटबलको पुर्व अध्यक्ष वसन्त राईले खेल चैत्र ९ गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुने बताए । उक्त प्रतियोगितामा सहभागिता जनाउन नेपालका बिभिन्न भुगोलबाट विभिन्न बास्केटबल क्लबहरु आउने भएकोले, यस खेलले पर्यटन र सांस्कृतिक क्षेत्रमा महत्वपुर्ण योगदान पुराउँदै आएको छ ।

हरेक वर्ष हुँदै आएको हराईजन बास्केटबल प्रतियोगिता धरान-१७ क्षितिज टोलमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, बिशाल मिलन केन्द्र काठमाडौं, धरान(रातो), विराटनगर बास्केटबल एकेडेमी, झापा बास्केटबल संघ, धरान टिम (निलो) गरी ६ वटा टिम सहभागी हुने छन् ।

प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ , उदयीमान खेलाडीले १० हजार रुपैयाँ पाउने छन् । भने हरेक खेलको म्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्