विराटनगर । विराटनगर जुनियर जेसिज २०२५ को LOM Officer's Training शनिबार भव्य रूपमा सम्पन्न भएको छ। आयुषा खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शाखाको नयाँ कार्यसमितिलाई विराटनगर जेसीज तथा विराटनगर जुनियर जेसीजका भूतपूर्व अध्यक्ष जेसी सन्दिप दास श्रेष्ठले प्रशिक्षण दिनुभयो।
तालिममा लोम अफिसरको भूमिका, संगठनात्मक संरचना, कार्ययोजना निर्माण तथा प्रभावकारी सञ्चार प्रविधि सम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो। कार्यक्रमका प्रमुख अतिथि विराटनगर जेसिजका बोर्ड अफ ट्रष्टिसका अध्यक्ष जेसी टीका राज ढकाल रहनुभएको थियो।
कार्यक्रममा विराटनगर जुनियर जेसीज तथा विराटनगर जेसीजका भूतपूर्व अध्यक्ष जेसी उज्वल खरेल, विराटनगर जुनियर जेसीजका भूतपूर्व अध्यक्ष जेसी सनराइज चौधरी र जेसी पंकज सापकोटा लगायतको उपस्थिति रहेको थियो।
समारोहमा प्रमुख अतिथि तथा पूर्व अध्यक्षहरूले विराटनगर जुनियर जेसिजले सधैं व्यक्तित्व र नेतृत्व विकास गर्दै विभिन्न तालिम आयोजना गर्दै आएको र त्यसलाई नै निरन्तरता दिदै यस वर्ष अझै उत्कृष्ट बनाउन शुभकामना व्यक्त गर्नुभयो।
उक्त तालिमले सहभागी सदस्यहरूलाई जेसीजको गतिविधिमा अझ सक्रिय र सक्षम बनाउने अपेक्षा गरिएको छ। सहभागीहरूले तालिम निकै प्रभावकारी र ज्ञानवर्धक रहेको प्रतिक्रिया दिएका छन्।