नेकपा एमाले विराटनगर महानगरका उपसचिव नेपाल र वडा अध्यक्ष भट्टराईको कारवाही फुकुवा

<span class='c1'>नेकपा एमाले विराटनगर महानगरका उपसचिव नेपाल</span> <span class='c2'>र वडा अध्यक्ष भट्टराईको कारवाही फुकुवा</span>

विराटनगर । नेकपा एमालेको तत्कालिन संगठन कमिटिको कारवाहीमा परेका पूर्व नगर सहसचिव नवराज नेपाल र ३ नम्बर वडा अध्यक्ष लालमणी भट्टराई फुकुवा भएका छन् । गत जेठ ३१ गते महानगरपालिकाका अध्यक्ष सागर थापासहित उपसचिव नेपाल र वडा कमिटि अध्यक्ष भट्टराई कारवाहीमा परेका थिए ।

त्यसबेला महानगर अध्यक्ष थापालाई दुई महिना, उपसचिव नेपाललाई चार महिना र वडा कमिटि अध्यक्ष भट्टराईलाई ६ महिना निलम्बन कारवाही गरिएको थियो । मानगढ खानेपानी आयोजनामा पार्टीका लाइन अनुसार राम घिमिरेको विरुद्धमा लालमणी भट्टराईलाई अध्यक्ष उठाएर उनलाई सहयोग गरेको आरोपमा दुई महिना निलम्बनमा परेका थापा अहिले जिल्लाको उपाध्यक्षमा निर्वाचित भईसकेका छन् ।
नेकपा एमाले १० औं जिल्ला अधिवेशनबाट नयाँ समिति आएपछि नेपाल र भट्टराईको परीक्षण अवधी सकिनु अगावै कारवाही फुकुवा गरेर अब चुन्न र चुनिन पाउने अधिकारका लागि बाटो खोलिएको छ । नेपाल र भट्टराईले कारवाही अवधी गुजारेर परीक्षण गर्ने अवधी आगामी चैत मसान्तसम्मलाई तोकिएको थियो ।

जिल्ला अधिवेशनमा कारवाही गर्ने पक्ष सबै परास्त गर्दै कारवाही भोग्ने पक्षले निर्वाचन जीतेको थियो । निर्वाचित कमिटिको सचिवालयको बैठकले परीक्षण अवधी केहि बाँकी रहँदै चुन्न र चुनिन पाउने अधिकार खुल्ला गरेपछि अब स्थानीय तहको अधिवेशनका लागि नेपाल र भट्टराई खुल्ला भएका हुन् । नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाले प्रदेश कमिटिसँग सोधपुछ गर्दा त्यसको अधिकार जिल्लालाई नै रहेको निर्देशनपछि परीक्षण अवधी हटाइएको जानकारी दिएका छन् ।

‘सम्बन्धित जिल्लाले गर्नसक्ने भन्ने भएपछि परीक्षण अवधी थप्ने की हटाउने विषय टुङ्गाइएको हो’ उपाध्यक्ष थापाले भने–यसमा प्रदेशको निर्देशन बमोजिम गरिएको हो । जिल्ला सचिवालय बैठकले केन्द्रको अभियान र अब स्थानीय तहहरुको अधिवेशनको विषयमा समेत छलफलपछि निर्णय लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्