मोरङको जहदामा स्कुल बस अनियन्त्रित भई पल्टदा १९ जना विद्यार्थी घाईते

<span class='c1'>मोरङको जहदामा स्कुल बस अनियन्त्रित भई</span> <span class='c2'>पल्टदा १९ जना विद्यार्थी घाईते</span>

विराटनगर । मोरङको जहदा ४ स्थित भित्रि सडक खण्डमा स्कुल बस पल्टदा बसमा सवार १९ जना विद्यार्थी घाईते भएका छन् । मोरङको कटहरी ३ स्थित सु—प्रभा इङलिस स्कुलको को २ख ९५१७ नम्बरको बस चिप्लिएर अनियन्त्रित भई पल्टदा १९ जना विद्यार्थी घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

घाइते विद्यार्थीहरुलाई कोशी अस्पतालमा भईरहेको छ भने सामान्य घाईते विद्यार्थीहरुको स्थानिय स्वास्थ्य केन्द्रमा भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिएका छन् । बस चालक सिताराम राजवशी फरार रहेको र उनको खोजी कार्यभईरहेको प्रहरीले जनाएको छ ।

घाइते बिध्यार्थीहरु
१) मोरङ जहदा गापा ५ का १० वर्षीय आर्यन हेमरन, टाउकोमा सामान्य चोट
२) ऐऐ बस्ने बर्ष ११ रुपेश भलाटि, छाति र दुबै हातमा सामान्य चोट
३) ऐऐ बस्ने बर्ष ९ शंकर किस्कु, टाउकोमा सामान्य चोट
४) ऐऐ बस्ने बर्ष १० को शिब किस्कु, छाति र हातमा चोट सामान्य
५) ऐऐ बस्ने बर्ष ८ को बिष्णु मुर्मु, दाहिने खुट्टामा सामान्य चोट
६) ऐऐ बस्ने बर्ष ७ कि निर्जला मुर्मु, छाति र दुबै हातमा सामान्य चोट
७) ऐऐ बस्ने बर्ष ९ कि दिपिका टुडे, शरिरको बिभिन्न भागमा चोट सामान्य
८) ऐऐ बस्ने बर्ष ९ को बिष्कु मुर्मु, छातिमा सामान्य चोट
९) ऐऐ बस्ने बर्ष १३ कि एलिसा टुडु छातिमा सामान्य चोट
१०) ऐऐ बस्ने बर्ष ६ को राहुल अस्था, दुबै हातर दाहिने खुट्टामा सामान्य चोट
११) ऐऐ बस्ने बर्ष १४ को सुदब सुसेकार टाउकोमा सामन्य चोट
१२) ऐऐ बस्ने बर्ष १३ कि राधिका हस्दा, शरिरको बिभिन्न भागमा सामन्य
१३) ऐऐ बस्ने बर्ष १३ कि मान्सिका हस्दा, शरिरको बिभिन्न भागमा सामन्य
१४) ऐऐ बस्ने बर्ष १२ कि रितिका सोरेन, दुबै खुट्टामा सामन्य चोट
१५) ऐऐ बस्ने बर्ष १२को आनन्द टुडु, देव्रे हातमा सामन्य चोट
१६) ऐऐबस्ने बर्ष ८को अभिषेक हेमरन, टाउकोमा सामन्य चोट
१७) ऐऐ बस्ने बर्ष १२ को सागर भण्डारी, बाँया हातमा सामन्य चोट
१८) ऐऐ बस्ने बर्ष १४ को सुधाशु सोरेन, टाउकोमा सामान्य चोट
१९) ऐऐ जहदा गापा ७ बस्ने बर्ष १२ को रुपेस मरण्डी, छाति र दुबै हातमा चोट सामान्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्