नेपाली ढाका कपडाको प्रवद्र्धन गर्दै विराटनगरमा फेशन शो (फोटो फिचर)

<span class='c1'>नेपाली ढाका कपडाको प्रवद्र्धन गर्दै</span> <span class='c2'>विराटनगरमा फेशन शो (फोटो फिचर)</span>

प्रेम देवान
विराटनगर । विराटनगरमा लामो समयपछि ‘ढाका रन्वे फेशन शो’ आयोजना गरिएको छ । नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोशाकलाई बजारीकरण गर्ने उदेस्यका साथ विराटनगरकोे जैन भवनमा आयोजना गरिएको ३ दिने ढाका महोत्सवको अवशरमा 'रन्वे फेशन शो 'गरिएको छ ।


नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यमी विकास समितिले चैत्र ७ गतेदेखी ९ गते सम्म आयोजना गरेको ढाका महोत्सवको अन्तिम दिन ढाका रन्वेमा मोडलहरु उत्रिएका थिए । विराटनगरमा रहेको माया बुटिकका फेशन डिजाईनर नर श्रेष्ठले क्रिएटिभ रुपमा सिर्जना गरिएका ढाका र ब्राईडल कलेक्शन फेशन शो गरिएको थियो ।


विराटनगरका मोडल तथा सञ्चारकर्मी जतिन ताम्राकारको कोरियोग्राफीमा आयोजना गरिएको ढाका रन्वेमा १२ लेडिज् र ५ जना जेन्स मोडलहरु ढाका रन्वेमा उत्रिएका थिए । शानिबार साँझ ७ बजेपछि सुरु भएको कार्यक्रममा अन्य साँगितीक तथा मनोरञ्जत्मक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा हास्य टेलिश्रृखंला तितो सत्यकी कलाकार संगिता यादवले आफ्नो हास्य कला प्रस्तुत गरेकी थिईन् ।

 

उनले कार्यक्रममा सहभागी अतिथी तथा आम दर्शकहरुलाई सम्म भरपुर मनोरन्जन प्रदान गरेकी थिईन् । साथै संगिताले क्षणभरमा नै भावुक पनि बनाईन् । लामो समयदेखी कलाकारीता क्षेत्रमा आवद्ध भएता पनि विराटनगरमा आफुहरु जस्ता पुराना कलाकारहरुको खासै महत्व नदिने गरेको उनले गुनासो गरिन् । अझ तराई मुलको यादवकी छोरीहरु हत्तपत्त बाहिर आउन सक्नदैनन् तर पनि आफुले ठुलो संघर्ष गरेर यो क्षेत्रमा आएता पनि खासै महत्व नबुझेको उनले गुनासो गरिन् ।


संगिताले हाँस्य प्रस्तुतिसँगै नृत्य पनि प्रस्तुति दिईन् भने विराटनगरका युवा गायक शुभम न्यौपानेले पनि आफ्नो साँगितीक प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुतिमा कार्यक्रममा सहभागीहरुले पनि कार्यक्रम स्थल अगाडी नाचेर मनोरन्जन लिएका थिए ।

 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत , जिल्ला प्रशासन कार्यलय मोरङ प्रमुख जिल्ला ईन्द्रदेव यादव ,विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की , नेपाल उद्योग वाणिज्य महासंघ कोशी महिला उद्यमी विकास समिति अध्यक्ष सुरु केसी लगायत विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरुको सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघले कोशीले पहिलो पटक कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम लगायतका क्षेत्रमा उत्पादन भएका ढाकालाई तराईका बजारमा प्रयोग बढाउने उद्देश्यसहित महोत्सवको आयोजना गरेको थियो ।


नेपाली ढाका कपडाको प्रवद्र्धन, स्थानीय उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यापारिक सम्भावनाहरूको खोजी तथा नेपाली महिलाहरूलाई उद्यमशीलतामा सशक्त बनाउनका लागि यसप्रकारका महोत्सव बेला बेलामा आयोजना गर्नु आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्