विराटनगर । नेकपा (एमाले)निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन विराटनगरमा सुरु भएको छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएता पनि अन्तत नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका छन् । प्रधानमन्त्री विशेष कारण आउन नसक्ने भन्दै सचिव पोखरेलले नै उद्धघाटन गरेका छन् ।
विराटनगरको बरगाछीमा रहेको होटल मनास्लुमा आईतबारबाट सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि उपस्थित भएका छन् । चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
एमाले प्रचार विभाग सचिवको जिम्मेवारीबाट राजीनामा दिएका पाण्डेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष बनाउन निर्देशन दिएका छन् । तर, प्रतिनिधिले भने निर्वाचन मार्फत नयाँ नेतृत्व छनोट गर्नुपर्ने बताएका छन् । उद्धघाटनपछि बन्द शत्र सुरु हुने जनाइएको छ ।