मोरङमा निर्माणाधीन पूर्वपश्चिम र हुलाकी राजमार्गले बढायो दुर्घटना जोखिम

<span class='c1'>मोरङमा निर्माणाधीन पूर्वपश्चिम र हुलाकी</span> <span class='c2'>राजमार्गले बढायो दुर्घटना जोखिम</span>

विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५ किलोमिटर सडक विस्तारको काम भईरहेको छ । मोरङको उर्लाबारीदेखि बलियासम्मको २६ दशमलव २ किलोमिटर सडक पनि विस्तारका क्रममा रहेको छ ।

यो सडक विस्तारसँगै मोरङमा भने दुर्घटनाको मुख्य कारण बनेको प्रहरीले बताएको छ । चालु आर्थिक वर्षको चैतसम्ममा एक हजार ४३२ सवारी दुर्घटना भएको र त्यसमा दुई हजार ३५२ जना घाईते भएका छन् । दुर्घटनामा ८४ जना व्यक्तिको मृत्यु भईसकेको छ ।

मोरङ प्रहरीको तथ्यांक अनुसार चैतको १० गतेसम्ममा ४६ दुर्घटनामा ७९ जना घाईते र तीनजनाको मृत्यु भईसकेको छ । फागुनमा १५० दुर्घटना हुँदा २३६ जना घाईते र चारजनाको मृत्यु भएको थियो । माघमा १४७ दुर्घटना हुँदा २१२ जना घाईते र ६ जनाको निधन भएको तथ्यांक छ । पुसमा १८१ दुर्घटना हुँदा २६४ जना घाईते र १२ जनाको मृत्यु, मंसिरमा १६८ दुर्घटना हुँदा २५० जना घाईते भएका थिए । यसैगरी मंसिरमा २२ जनाको मृत्यु भएको तथ्यांक छ । कार्तिकमा १६८ दुर्घटनामा २७४ घाईते र ७ जनाको मृत्यु, असोजमा १७७ दुर्घटनामा ३५१ घाइते र ११ जनाको मृत्यु, भाद्रमा १९९ दुर्घटनामा ३३४ जना घाईते र ८ जनकाको मृत्यु, साउनमा ११६ दुर्घटनामा ३५२ जना घाईते र ११ जनाको मृत्यु भएको तथ्यांक छ ।

मोरङ प्रहरीको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा मोरङमा भईरहेका दुर्घटनाको प्रमुख कारणमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको निर्माणाधीन सडक खण्ड प्रमुख रहेको छ । यसैगरी अत्याधिक सवारीको चाप, सडक अनुशासन पालना नहुनु, तिव्रगति र अव्यवस्थित डिभाइडर र हुलाकी राजमार्ग विस्तारको कामलाई पनि दुर्घटनाको कारण मानिएको छ । विराटनगर महानगरपालिका भित्र भने सडक डिभाइडर र सिटी सफारीको चापलाई कारण मानिएको छ ।

प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०\२०८१ मा दुई हजार २०५ दुर्घटना हुँदा २ हजार २५८ जना घाईते र ११७ जनाको निधन भएको थियो । सडक विस्तारसँगै चालु आर्थिक वर्षमा दुर्घटनाको जोखिम बढेको निष्कर्ष प्रहरीको छ । चालु आर्थिक वर्षको चैत १० गतेसम्मको अवधीमा दुई हजार ३५२ जना व्यक्ति दुर्घटनामा परेर घाईते भइसकेका छन् । दुर्घटनाको संख्या भने एक हजार ४३२ मात्रै रहेको छ ।

एसियाली विकास बैंक (एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइइबी) को लगानीमा निर्माण हुने चार लेनको एसियाली राजमार्गको काम हुँदैछ । एसियाली राजमार्ग काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५.५ किलोमिटर सडक निर्माणको काम भईरहेको छ । झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर सडकको स्तरोन्नति भईरहेको छ । राजमार्गको केन्द्रबाट २५–२५ मिटरका सडकमा स्तरोन्नति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्