क्यासा डेई मन्टेश्वरीको दीक्षान्त समारोहमा अभिभावक र बालबालिकाको उत्कष्ट नृत्य

<span class='c1'>क्यासा डेई मन्टेश्वरीको दीक्षान्त समारोहमा</span> <span class='c2'>अभिभावक र बालबालिकाको उत्कष्ट नृत्य</span>

विराटनगर । विराटनगर–११ स्थित क्यासा डेई मन्टेश्वरीले एक भव्य कार्यक्रमका बीच आफ्ना विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न गर्दै विदाई गरेको छ । विराटनगरको कंचनजङगा पाटी प्यालेसमा आयोजित दीक्षान्त समारोहमा फरक र नौलो तरिकाले विद्यार्थीहरुको विदाई गरेको हो ।

विदाई कार्यक्रममा विद्यार्थी र अभिभावकको सामुहिक नृत्य र सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए । बालमनोविज्ञानलाई मध्यनजर गर्दै पढाई हुदै आएको मन्टेश्वरीका कक्षा पिजीदेखीदेखी प्रिटु सम्मका विद्यार्थीहरुले आ आफ्ना लुकेका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।


कार्यक्रममा अभिभावकहरुले आफ्ना नानीबाबुहरुसँग सामुहिक नृत्यले कार्यक्रममा सहभागी अतिथी, शिक्षकशिक्षीका तथा विद्यार्थीका अभिभावकहरु आकर्षित भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालीका वडा नम्बर ११ का वडा अध्यक्ष तिथेन्द्र न्यौपानेले अहिलेका बालबालिकाहरुले संस्कार सहितको शिक्षा प्राप्त गरेको प्रति खुशी व्यक्त गरे । आफ्ना पालामा शिक्षकहरुको हात हातमा छडी हुन्थ्यो भने अहिलेका शिक्षकहरुको हातमा समय अनुसारका शैक्षिक तथा प्रविधीयुक्त सामाग्री हुने गरेको उनले बताए । विदाई हुदै गरेका बालबालिकालाई प्रमुख अतिथि न्यौपानेले दिक्षीत गर्दै आगामी यात्राको शुभकामना समेत प्रदान गरे ।


स्कुलकी प्रिन्सीपल पवित्रा तामाङले पनि बालबालिकाहरूलाई आगामी यात्राका लागि शुभकामना दिँदै “यो दीक्षान्त कार्यक्रम हाम्रो लागि मात्र होइन, विद्यार्थी र अभिभावकहरूको लागि पनि स्मरणीय क्षण होस भन्ने उदेस्यले आयोजना गरिएको हो ।” हामी विश्वास गर्छौं, यहाँका विद्यार्थीहरूले आफ्नो भविष्य उज्ज्वल बनाउनेछन्।”
कार्यक्रममा विद्यार्थीहरूलाई प्रमाणपत्र, पुरस्कार अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

अभिभावकहरू, शिक्षक–शिक्षिका तथा विद्यालय प्रशासनको उपस्थितिले दिक्षान्त समारोहलाई थप भव्यता प्रदान गरेको थियो। समारोहमा सहभागी अभिभावकहरूले समेत विद्यालयको शिक्षण पद्धति र व्यवस्थापनको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयले अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्