विराटनगर । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ को तेह्रौँ संस्करणमा कोशी प्रदेशमा एनआईएमबी बैंकले वित्तीय सचेतना कार्यक्रम गरी मनाएको छ।

बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा कोशी प्रदेशका विभिन्न शाखाहरूमा वित्तीय सचेतना कार्यक्रम गरी मनाएको हो।

उक्त कार्यक्रममा कोशी प्रदेशका १२ शाखाहरूले सहभागिता जनाएका थिए, जसमा राँके, खाँदबारी, खिजिदेम्बा, रौतामाई, कोशी, भोजपुर, विराटनगर, बिर्तामोड, विराटचोक, ओखलढुंगा, कुम्मायक र फुङलिङ शाखाले कार्यक्रम गरेको बैंकले जनाएको छ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यालय र कलेजका विद्यार्थीहरूलाई बैंकिङ, बैंकका उत्पादन तथा सेवाहरू, लगानी उपकरणहरू, डिम्याट खाता, मेरो सेयर र ब्रोकर खाता, मोबाइल बैंकिङ, एटीएम, क्यूआर कोड, डिजिटल ठगी तथा त्यसबाट बच्ने उपायहरू, बचत तथा ऋण खाता आदि विषयमा जानकारी प्रदान गरेको थियो।






