मोरङमा लागुऔषध ‘हटस्पट’ : विराटनगरको रानी–बुधनगर र सीमा क्षेत्र

<span class='c1'>मोरङमा लागुऔषध ‘हटस्पट’ : विराटनगरको</span> <span class='c2'>रानी–बुधनगर र सीमा क्षेत्र</span>

विराटनगर । इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मोरङ केराबारी गाउँपालिका–७ का २३ बर्षीय सनम राई र २७ बर्षीय रुपेश तामाङलाई आइतबार नियन्त्रणमा लियो । उनीहरुलाई लागुऔषधको हटस्पट रानी क्षेत्रबाटै प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेर अनुसन्धानको प्रक्रिया थालेको छ ।

मोरङमा लागुऔषधको ‘हटस्पट’ को रुपमा रानी, बुधनगर र सीमा क्षेत्रलाई प्रहरीले रेखाङकन गरेको छ । रेखाङ्कन गरेको क्षेत्रमा लागुऔषधसँग सम्बन्धित गतिविधि नियन्त्रणका लागि दैनिक जसो निगरानी बढाउँदै आएको छ ।

मोरङ प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैतसम्ममा ब्राउनसुगर मात्रै ५३९ ग्राम बरामद भईसकेको छ । यसैगरी गाँजा एक हजार १३७ केजी, एम्पुल २ हजार ३५४ वटा र ट्याब्लेट ५९ हजार ५१ वटा बरामद भएको छ । यो सबै सीमा क्षेत्र नजिक बरामद भएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म पाँचजना महिलासहित ३३१ जना पक्राउ परेका छन् । उनीहरु विरुद्ध २३५ वटा मुद्दा दर्ता गरिएको छ ।

यसैगरी गत आर्थिक वर्ष २०८०÷२०८१ मा २६ महिलासहित ४७५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । उनीहरु विरुद्ध ३५४ वटा मुद्दा दर्ता भएका थिए । प्रहरीले मोरङमा लागुऔषधको प्रयोग तथा कारोबार बढ्दै गएपछि विभिन्न कार्यक्रम समेत गर्दै आएको छ । तर, नियन्त्रणको प्रयास प्राय विफल हुँदै आएको प्रहरीका अधिकारीहरु बताउँछन् । ‘कार चढेर आउँछन्, लागुऔषध सेवन गरेर फर्कन्छन्’ सीमा क्षेत्रका एक प्रहरी अधिकृतले भने–पढेलेखादेखि सामान्यसम्म लागुऔषध सेवनसँगै यसको ओसारपसारमा संलग्न भएको पाइन्छ ।

प्रहरीले मोरङमा लागुऔषध दुव्र्यसनी रोकथाम तथा न्युनीकरणका लागि फरक किसिमका प्रयास समेत गर्दै आएको छ । त्यसका लागि विभिन्न समयमा ११९ वटा सचेतनाका कार्यक्रम भएका थिए । जसमा पाँच हजार ३७७ जना लाभान्वित भएको बताइएको छ । यसैगरी दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रम समेत मोरङमा सञ्चालित रहेको छ । हालसम्म २७ वटा कार्यक्रममा एक हजार ३०५ जना आमाहरुलाई लागुऔषध सेवनले पार्ने नकारात्मक असर बारे शिक्षा दिइएको डिएसपी जोशीले जानकारी दिएका छन् ।

मोरङमा लागुऔषध प्रयोगकर्तालाई नै लक्षित गरेर काउन्सेलिङ समेत हुँदै आएको छ । उनीहरुलाईलाई प्रहरीले होल्डिङ सेन्टरमा होल्ड गरेर काउन्सेलिङ गर्दै आएको हो । हालसम्म प्रयोग गरेर फर्किएका ३४२ जनालाई लागुऔषध सेवन विरुद्धको काउन्सेलिङ गरेर अभिभावकको जिम्मा लगाइसकिएको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2