मेयर कोइरालाद्वारा विराटनगर महानगर स्तरीय परीक्षाको अनुगमन

<span class='c1'>मेयर कोइरालाद्वारा विराटनगर महानगर</span> <span class='c2'>स्तरीय परीक्षाको अनुगमन</span>

विराटनगर ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कक्षा ८ को महानगरस्तरीय परीक्षाको अनुगमन गर्नुभएको छ ।

आइतबारदेखि सुरु भएको कक्षा ८ को परीक्षाअन्तर्गत मेयर कोइरालाले विभिन्न विद्यालय पुगेर अनुगमन गर्नुभएको हो ।

शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराई, महानगर शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतलाई साथै लिएर महानगरका विभिन्न विद्यालयमा पुगेर मेयर कोइरालाले परीक्षाको अनुगमन गर्नुभयो । अनुगमनका क्रममा मेयर कोइरालाले परीक्षा एकदमै व्यवस्थित र मर्यादित रुपमा सञ्चालन भइरहेको पाएको जानकारी दिनुभयो ।

महानगरपालिकाभित्र सञ्चालित ३५ सामुदायिक र ८४ संस्थागतसहित ११९ वटा विद्यालयका ५ हजार ४९९ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्