‘ग्लोबल मनी विक’ अन्तर्गत कुमारी बैंक विराटनगर शाखाको वित्तीय सचेतना कार्यक्रम

<span class='c1'>‘ग्लोबल मनी विक’ अन्तर्गत कुमारी बैंक</span> <span class='c2'>विराटनगर शाखाको वित्तीय सचेतना कार्यक्रम</span>

विराटनगर । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ को तेह्रौँ संस्करणमा कुमारी बैंक विराटनगर शाखाको वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ।

‘ग्लोबल मनी विक’ अन्तर्गत कुमारी बैंक मेनरोड विराटनगर शाखाले वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको हो। विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ।

उक्त कार्यक्रमको प्रशिक्षण कुमारी बैंकका प्रदेश प्रमुख मनिष श्रेष्ठले गरेका थिए। उक्त कार्यक्रममा ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कोशी प्रदेशमा २५ वटा शाखा रहेको कुमारी बैंकले जनाएको छ। ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्व बारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा यो अभियान थालिएको हो ।

अर्गनाइजेसन फर इकोनोमिक कोअप्रेसन एन्ड डेभलपमेन्ट (ओइसिडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैङ्कको संयोजनमा सन् २०१३ देखि नेपालमा पनि यो अभियान सञ्चालन गरिँदै आइएको छ । यस अभियानबाट हालसम्म विश्वका एक सय ७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओइसिडीले जनाएको छ । अभियानको स्थायी नारा ‘सिक, बचाउ, कमाउ’ (लर्न, सेभ, अर्न) रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2