विराटनगर । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका– ४ खार्जीमा रहेको यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको कमाण्डमा एक प्रहरी टोली सो क्षेत्रमा खटिएको थियो ।
सेवाग्राहीलाई ठगी गरेकाे गुनासाे आएपछि पक्राउ गरेकाे प्रहरीले बताएकाे छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रवक्ता डिएसपी बेदप्रकाश जाेशीले जानकारी दिए ।
यी हुन पक्राउ पर्ने व्यक्तिहरु
१, विराटनगर महानगरपालिका– ३ का ४१ वर्षीय सन्जिव कोइराला
२,विराटनगर महानगरपालिका– ३ का २४ वर्षीय राजेश खड्का
३,विराटनगर महानगरपालिका–३ का २५ वर्षीय गौरवकुमार माझी
४,विराटनगर महानगरपालिका– ३ का ३७ वर्षीय राजु कोइराला
५, दुहबी नगरपालिका– ११ का २७ वर्षीय युवराज लम्साल
६,विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत
७, विराटनगर महानगरपालिका– ४ का २२ वर्षीय राजीव मण्डल
८, बर्जु गाउँपालिका– ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार
९, कटहरी गाउँपालिका– १ का ३७ वर्षीय भागवत राजबंशी
१०, बुढीगंगा गाउँपालिका– २ का ५० वर्षीय उदय कार्की
११, बुढीगंगा गाउँपालिका– १ का २१ वर्षीय सुनिल दाहाल
१२, विराटनगर महानगरपालिका– ३ का २९ वर्षीय अजयकुमार मण्डल