कुलमान घिसिङ नायक थिए, सरकार खलनायक बन्यो

<span class='c1'>कुलमान घिसिङ नायक थिए,</span> <span class='c2'>सरकार खलनायक बन्यो</span>

कुलमान घिसिङको नाम आउने बित्तिकै धेरैले उज्यायो नेपालका नायक भनेर चिन्ने गर्दछन् । उनी उज्यालो नेपालका नायक मात्रै हैनन् नेपालीमध्येका मुख्य वा कुल हुन् भन्नेहरु पनि छन् । खासमा कुलमान बत्तिको प्रतिक बनेको क्षण २०७३ कात्तिक १४ गते लक्ष्मीपुजाको दिन काठमाण्डौंको झिलीमिली धेरैले स्मरण गर्दछन् । देशले रातपरेपछि अध्याँरो पार लगाउन टुकीको सहारा लिईरहेको थियो । शहरमा ब्याट्री÷इन्भर्टर र जेनेरेटरको व्यापार बढिरहेको बेला तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा उनलाई नियुक्त गरेका थिए । नियुक्त भएको एक महिना ११ दिनपछि लक्ष्मीपुजाको दिन काठमाण्डौं लोडसेडिङमुक्त बन्यो र देशको केन्द्रीय राजधानी झिलीमिली बन्यो ।

त्यहि दिनदेखि आफ्नो क्षमता देखाउन थालेका कुलमान घिसिङ सफल यात्रामा रोकिएका थिएनन् । तर, वर्तमान केपी शर्मा ओली नेतृत्वको झन्डै दुईतिहाइको शक्तिशाली सरकार बिचौलियाको घेरामा परेर उनलाई सोमबार बर्खास्त गर्ने स्थितिमा पुगे । देशलाई लोडसेडिङमुक्त बनाएका घिसिङलाई हटाएको वर्तमान सरकार नायक विरुद्ध खलनायकको रुपमा प्रस्तुत भएको छ । सरकारको यो निर्णयको मूल्य कसरी भुक्तान गर्नुपर्ने हो, त्यसको प्रतिक्षा बाँकी नै छ । तर, सरकारका प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले आठ महिनादेखि गरेको प्रयासमा सफल भएका छन् । मानौ सरकारको यो नै महत्वपूर्ण काम थियो ।

कुलमानलाई हटाउनै पर्ने सरकारको प्राथमिकता भनेको उद्योगीको विद्युत् बक्यौता असुल गर्न रोक्नु हो । यसको हिसाबकिताबमा सरकार राम्ररी डुबेको आभास देशभरका नागरिकले गरिरहेको विरोधबाट पुष्टि भईरहेको छ । लोडसेडिङका वेला २४ घण्टासम्म विद्युत् प्रयोग गरेका केही ठुला उद्योगीले अझै प्रिमियम बक्यौता तिर्न मानेका छैनन् । कुलमान कुनै पनि हालतमा बक्यौता असुल गर्नुपर्ने पक्षमा उभिएका बेला सरकार उद्योगीको पक्षमा नारा लगाउँदै बक्यौता असुल गर्न नहुने पक्षमा उभिदै आएको छ । उद्योगीले प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता नेपाली जनताको रकम हो । तर, त्यसमा सरकारले अनौठो हिसाबकिताब निकालेर कुलमान हटाउनुपर्ने निर्णय गरिदियो । अर्को कारण सरकारका ऊर्जामन्त्री दिपक खड्का प्राधिकरणमा चलखेल गर्न चाहन्थे । त्यो चलखेल रोक्न कुलमान उभिनु पनि उनको बर्खास्तीको कारण बन्यो ।
कुलमान त्यसै नायक बनेका थिएनन् । प्राधिकरणले वार्षिक सवा खर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेको थियो । प्राधिकरणले जलविद्युत् उत्पादन, प्रसारण र वितरणलगायतमा अर्बौँ रुपैयाँको ठेक्काहरू लगाउँछ, त्यसमा मन्त्री खड्काले हालीमुहाली गर्न नपाउँदाको कारण पनि उनलाई हटाउनुपर्ने थियो । अर्थात् यो सरकार भ्रष्टचार गर्नकै लागि दुईतिहाई नजिक थियो, देशका ठूला दल नेपाली काँग्रेस र एमाले सम्मिलित भएर बनेको हो भन्ने प्रष्ट संकेत समेत यहिंबाट प्रमाणित गर्न खोजिएको छ ।

उनको कामको पृष्ठभूमि धेरैलाई थाहा नै छ । २०७३ भदौ २९ गते कुलमान प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । त्यसबेला प्राधिकरणको सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो । त्यो नोक्सानी सहनु परेको प्राधिकरण गत आर्थिक वर्षसम्म आउँदा सञ्चित नाफा पनि ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । सञ्चित घाटामा रहेको प्राधिकरण सञ्चित नाफामा पु¥याउने नायक नै कुलमान थिए । घाटामा रहेको प्राधिकरणले नाफा गरेपछि त्यसमा हालीमुहाली गर्नुपर्ने मनसायमा अहिलेको वर्तमान सरकार प्रेरित देखिएको पुष्टि उनलाई हटाएबाट भएको छ । अर्को कुरा भनेको उद्योगीको बक्यौता बुझाउन रोकेर त्यहाँबाट आउने कमिसनको चक्करमा सरकार फन्किरहेको छ । तर, नागरिकका घरमा बालेको बिजुलीको महसुश बुझाउनुपर्ने, उद्योगीको अर्बौं बक्यौता उठाउन नहुने तर्कमा रहेको सरकार कुनैपनि बेला नागरिकको घेराबन्दीमा पर्ने निश्चित छ ।

कात्तिक २०७३ सालमै ग्राहस्थ फिडर अर्थात नागरिकले घरमा बाल्ने बिद्युतमा लोडसेडिङ हटेको थियो भने २०७५ सालदेखि औद्योगिक क्षेत्रमा हुँदै आएको दैनिक १६ घण्टासम्मको लोडसेडिङको अन्त्य भएको थियो । त्यति मात्रै नभई भारत र बंगलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु भईसकेको छ । २०७८ कात्तिकदेखि भारत र २०८१ कात्तिकदेखि बंगलादेशमा विद्युत् निर्यात भईसकेको छ । देशभर बिद्युत चुहावटका कारण पनि लोडसेडिङ भईरहेको थियो । त्यसलाई व्यवस्थापन गरेका कुलमानले ८ वर्ष अघिसम्मको २५.७८ प्रतिशत चुवाहटलाई १२.७३ प्रतिशतमा झारेका थिए । आठ वर्ष अगाडीसम्म ५८ प्रतिशत क्षेत्रमा भएको बिद्युतीकरणलाई अहिले ९९ प्रतिशतमा पुगेको थियो । बिद्युतीकरणमार्फत नेपाली जनताको घरघरमा उज्यालो छरेका कुलमान सरकारको आँखामा भने कालोपट्टी बनेका छन् ।

निष्कर्षमा इतिहास त, मुर्खता र बुद्धिमता दुवै कारणले निर्माण हुन्छ । त्यहि अनुसार पानाहरुमा अक्षर कोरिएको हुन्छ । तर, वर्तमान दुईतिहाई नजिकको सरकारले गरेको मुर्खताले निर्माण गर्ने इतिहास उनीहरुकै लागि लाजमर्दो हुनसक्छ । नागरिकसँग त्यो बल छ, जुन बल सरकारसँग छैन । राष्ट्रका असल व्यक्तिहरुले राष्ट्रका लागि दिएको योगदानमा सम्मान गर्नुपर्ने सरकारले उनको सेवा अवधी सकिन दुई महिना मात्रै बाँकी रहँदा गरेको अपमान नागरिक माथिकै हो । हेक्का होस् सरकारले यो टिकाईरहन सक्दैन । कुलमान नायक हुन् वर्तमान ओली सरकार खलनायक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2