विराटनगरका सामुदायिक भवन, पाटी प्यालेसको विकल्प दिन्छन्

<span class='c1'>विराटनगरका सामुदायिक भवन, पाटी</span> <span class='c2'>प्यालेसको विकल्प दिन्छन्</span>

इन्दु साह
विराटनगर । प्राकृतिक विपदमा सहयोग आदान प्रदान गराउन, बृद्ध बृद्धाहरुलाई अनुभव आदान प्रदान गराउने वातावरण बनाउन विराटनगरमा सामुदायिक भवनको महत्व निक्कै छ । त्यस बाहेक शहरमा बढ्दो जनघनत्वमा सामाजिक तथा साँस्कृतिक कार्यका लागि सामुदायिक भवनको प्रयोग गर्नेहरुको जमात पनि ठुलै छ ।

विवाह, व्रतबन्ध, पाटी, विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा समेत सामुदायिक भवन तारे होटल र पाटी प्यालेसहरुको विकल्पको रुपमा प्रयोग गर्नेहरुको संख्या उतिकै छ । विराटनगरमा खुल्ला स्थानको अभाव हुँदै जाँदा प्राकृतिक विपदमा नागरिकको उद्धार र राहत वितरणमा सहज बनाउन सामुदायिक भवनहरुको महत्व निक्कै रहेको छ ।
तारे होटलमा सबैले कार्यक्रम गर्न नसक्ने भएपछि विकल्पको रुपमा पाटी प्यालेसहरु धमाधम खुलेका छन् । तर, पाटी प्यालेसहरुमा कार्यक्रम गर्दा बढ्दो खर्च व्यवस्थापनका लागि सामुदायिक भवनका कार्यक्रम अझै सरल हुने गरेका छन् । सबै नागरिकको आर्थिक अवस्थाले धान्न नसक्दा सामुदायिक भवनलाई रोज्नेहरुको संख्या दैनिक बढ्दै गएका हुन् ।

विराटनगरका १९ वटा वडाहरुमा कुनै न कुनै नाम गरेका सामुदायिक भवन छन् । तर, सामाजिक कार्यक्रम गर्नका लागि सामुदायिक भवनहरु भने छैनन् । विवाह, ब्रतबन्ध, सभा सम्मेलन, जन्मोत्सव, बैवाहिक वर्षगाठ लगायतका कार्यक्रमहरु सामुदायिक भवनमा पनि हुनसक्छन् भन्ने उदाहरणीय संरचना समेत रहेका छन् ।
पाटी प्यालेश भन्दा सस्तो सामुदायीक भवनमा आर्थिक स्थिति सबल भएका र कमजोर भएका दुई पक्षका नागरिकको रोजाईमा पर्ने गरेका छन् । उदाहरणको रुपमा विराटनगर ३ मा रहेको परोपकार समुहद्दारा संचालित सामुदायिक भवन, विराटनगर १ को बिष्णुमाया पुस्तकालयको सामुदायिक भवनलाई लिन सकिन्छ ।
यसैगरी रामजानकी सामुदायिक भवन, तोदी भवन, अतिथि सेवा सदन, अथिति गृह, दाहाल प्रतिष्ठान, रेग्मी समाज, लक्ष्मीनारायण मन्दिरको भवन, गीता मन्दिर पनि उतिकै व्यस्त भईरहनेमा पर्दछन् । सामुदायिक भवनले महानगरका नागरिकलाई सामुहिक कार्यका लागि सहयोग समेत पु¥याईरहेका छन् । विभन्न जाती तथा समुदाय र धर्मका नाममा बनेका सामुदायिक भवन सेवाका लागि आम नागरिकका लागि नै प्रयोगमा आउने गरेका छन् ।

यहाँ सामुदायीक कार्यक्रमदेखी सभा सम्मेलनसम्म हुने गरेका छन् । विराटनगर–३ स्थित परोपकार भवका उपाध्यक्ष किशोर भट्टराईका अनुसार चालु आर्थिक वर्षमा २६ कार्यक्रम त त्यहिं मात्रै भएका छन् । एउटा विवाहा कार्यक्रमकालागि २४ हजार शुल्क लिने लाग्ने गरेको उनले जानकारी दिएका छन् । कार्यक्रमका साथै यहाँ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र समेत रहेको छ। आसपासका ज्येष्ठ नागरिकहरु दिउँसोको समयमा सुत्ने, विभिन्न प्रकारका मनोरजनात्मक खेलहरु खेल्ने गर्दछन् । साथै पुस्ताकालयको समेत व्यवस्थापन छ । परोपकार सामुदायीक भवनको स्थापना २०५७ सालमा भएको हो । परोपकार भवनले अहिले महानगरका विभिन्न वडाका स्थानीयलाई सामाजिक कार्यका लागि सहायता पु¥याईरहेको छ ।

यसैगरी विराटनगर १ मा रहेको विष्णुमाया सामुदायिक भवन समेत विभिन्न कार्यक्रम भईरहेको छ । यहाँ ठुला कार्यक्रमहरु समेत हुने गरेका छन् । यहाँ एउटा विवाह कार्यक्रमको शुल्क २५ देखि ३० हजार लिने गरिएको छ । दैनिक ५५ जना अट्नसक्ने आवाससहितको यो सामुदायिक भवनमा महिलाहरुले सञ्चालन गरेको क्याट्रिन समेत रहेको छ । यसैगरी जैन भवन पनि सामुदायिक भवन हो । जैन भवनमा ठुला ठुला कार्यक्रम आयोजना हुँदै आएको छ । जैन भवन बजारका बीचमा रहेकोले विभिन्न प्रदर्शनीका कार्यक्रम समेत हुने गरेका छन् । पछिल्लो समय यहाँ ढाका महोत्सव आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2