मातृभूमि लघु वित्त वित्तीय संस्थाबाट ऋण जारी गरेर कर्मचारीले अपचलन गरेको खुलासा

<span class='c1'>मातृभूमि लघु वित्त वित्तीय संस्थाबाट ऋण</span> <span class='c2'>जारी गरेर कर्मचारीले अपचलन गरेको खुलासा</span>

विराटनगर । मातृभूमि लघुवित्त वित्तीय संस्था, मोरङको बुढीगंगामा रहेको बाँसबारी शाखा प्रमुखले नक्कली ऋणी खडा गरेर एक करोड रकम हिनामिना गरेको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । संस्थासँग जोडिएका सेवाग्राहीको नागरिकता प्रयोग गरेर उनीहरुलाई नै ऋण प्रवाह गरेको देखाएर रकम अपचलन गरेको खुलेपछि प्रहरीले शाखा प्रमुख आमोद चौधरी विरुद्ध अनुसन्धान थालेको हो ।

काठमाण्डौं महानगरपालिका ७ बुढानिलकण्ठमा यसको केन्द्रीय कार्यालय रहेको छ । त्यसको शाखाहरु कोशी प्रदेशका विभिन्न स्थानमा रहेका छन् । त्यसमध्ये बाँसबारी शाखाबाट रकम अपचलन भएको खुलेको छ ।

मोरङ प्रहरीका प्रवक्ता बेदप्रकाश जोशीका अनुसार मातृभूमि लघुवित्त वित्तीय संस्थाले आन्तरिक छानविन सकाएर उजुरी दिइएको थियो । त्यसका आधारमा अहिले सेवाग्राहीको कागजात कसरी दुरुपयोग गरेर ऋण जारी गरिएको हो, भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । संस्थाबाट सेवाग्राहीका नाममा जारी भएको ऋण सम्बन्धित व्यक्तिको नाममा देखिएपछि नलिएको खुलेपछि चौधरी विरुद्ध अनुसन्धान भईरहेको खुलेको छ ।

आन्तरिक छानविनमा झण्डै एक करोड रुपिँया अपचलन गरेको देखिएको छ । तर, आन्तरिक छानविनपछि प्रतिवेदन तयार पारेर प्रहरीमा जाहेरी दिएपछि समेत केहि सेवाग्राहीको नाममा देखिएको ऋण नलिएको पाइएकोले थप अनुसन्धान अझै गर्नुपर्ने देखिएको छ । ऋण प्रवाह गरेको देखिएपछि संस्थाले चौधरीलाई २०८० माघ १२ गते नै निलम्बन गरेको थियो । त्यसपछि यहाँ नयाँ शाखा प्रमुख खटाएको छ । चौधरीले आफूलाई निलम्बन गरेको भन्दै उल्टै मुद्दा समेत हालेका छन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई मातृभूमिले एकीकृत कारोबार गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न २०८१ गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु गरिएको थियो । दुई कम्पनीले गत २०८० चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

त्यस क्रममा किसान लघुवित्त वित्तीय संस्था लि.को वासलात मेल खाएको थिएन । त्यसपछि घटना बाहिरिएको थियो । लामो समयसम्म यसको छानविन गर्दा शाखाका प्रमुखले रकम हिनामिना गरेको खुलेको हो । मोरङ प्रहरीमा अहिले बैकिङ कसुरका मुद्दा मात्रै २४३ वटा दर्ता रहेका छन् । दर्ता रहेका अधिकांश मुद्दा चेक अनादरका रहेका छन् । प्रवक्ता जोशीका अनुसार मातृभूमिको मुद्दा भने सेवाग्राहीका नाममा ऋण जारी गरेर कर्मचारीले नै लिएको विषयमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्