विराटनगरका उद्योगी मोती दुगडको होटल सेन्च्यूरियन भाटभटेनीले किन्यो

<span class='c1'>विराटनगरका उद्योगी मोती दुगडको</span> <span class='c2'>होटल सेन्च्यूरियन भाटभटेनीले किन्यो</span>

विराटनगर । भाटभटेनी समूहले विराटनगरको होटल सेन्च्यूरियन ढेड अर्बमा खरिद गरेको छ । विराटनगरका उद्योगी मोतीलाल दुगडले दशवर्ष अगाडीदेखि निर्माण थालेको होटल सञ्चालनमा ल्याउनु अगावै बिक्री गरेका हुन् ।

देशभर सुपरस्टोर खोल्दै आएको भाटभटेनी समूहले होटल क्षेत्रमा पनि हात हाल्ने योजनास्वरुप सेन्च्यूरियन खरिद गरेको हो । सेन्च्यूरियन खरिदसँगै यहाँ पाँच त।रे होटल सञ्चालन गर्ने तयारीमा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ रहेका छन् । गुरुङले काठमाण्डौंमा होटल स्क्वार तयार गरिरहेका छन् । उमेश श्रेष्ठसँगको साझेदारीपछि काठमाण्डौं स्क्वायरमा लगानी गरेका उनले विराटनगरमा होटल सेन्च्यूरियन समेत खरिद गरेको सञ्चारमाध्यमहरुलाई बताएका हुन् । गुरुङले बैना भएको बताएपनि यता सेन्च्यूरियनका सञ्चालक मोतीलाल दुगडले भने कुरा चाँहि सुरु भएको तर बिक्री चाँहि नभएको बताएका छन् ।

‘२÷३ ठाउँमा कुरा भएको छ, तर बिक्री गर्ने तहसम्म कसैसँग पनि कुरा भएको छैन’ दुगडले भने भाटभटेनीले किनेको भनेर भनिहाल्ने गरिको कारोबार भएकै छैन, समाचारमा लेखेर मात्रै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2