आफ्नो आत्मकथाको पुस्तक बेच्न भोलि डा. महावीर पुन विराटनगर आउने

<span class='c1'>आफ्नो आत्मकथाको पुस्तक बेच्न भोलि</span> <span class='c2'>डा. महावीर पुन विराटनगर आउने</span>

विराटनगर । विराटनगरको महेन्द्र चौकमा भोलि (बिहीबार) डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेच्न आउने भएका छन्।
आज (बुधबार) बेलुका ५:४५ बजे सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै जानकारी दिएका हुन्।

पुनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, "भोली बिहान ११:३० बजे देखि बिराटनगरको महेन्द्र चोकमा मेरो आत्म कथाको किताब बेच्न सुरु गरिनेछ । किताब किन्ने पालो अब मोरङ जिल्लाको आयो। किताब किन्न तयार भएर बस्नु होला - महाबीर पुन ९८४१५९२३६१ "

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ बिक्री गर्दै आएका छन्। राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा क्रियाशील पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्य राखेका छन् । त्यही उद्देश्य पूरा गर्न उनले आफ्नो आत्मकथा पुस्तक प्रकाशन गराएका थिए । यसबाट उनले हालसम्म करोडौं आम्दानी गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2